वीरगञ्ज नाकाबाट निर्यात बढ्यो, तीन महिनामा २६ अर्ब बढीको सामान निर्यात « Khabarhub

वीरगञ्ज नाकाबाट निर्यात बढ्यो, तीन महिनामा २६ अर्ब बढीको सामान निर्यात


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– गत आर्थिक वर्षको तुलनामा चालु आवमा वीरगञ्ज नाकाबाट निर्यात वृद्धि भएको छ । 

 प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवको प्रथम तीन महिनामा २६ अर्ब ५९ करोड मूल्य बराबरका सामान  निर्यात भएका छन् । गत आवमा सोही अवधिमा आठ अर्ब ८४ करोड मूल्य बराबरका वस्तु निर्यात भएका थिए । 

 चालु आवको तीन महिनामा १३ अर्ब ९८ करोड मूल्यका छ करोड ७१ लाख तीन हजार तीन सय आठ लिटर भटमासको प्रशोधित तेल निर्यात भएको छ । 

यसैगरी, चालु आवको तीन महिनामा रु दुई अर्ब सात करोड मूल्य पर्ने दुई करोड १२ लाख ४८ हजार तीन सय ८३ लिटर जुस  निर्यात भएको छ । 

साथै एक अर्ब ७० करोड मूल्य पर्ने तीन करोड ६८ लाख ४८ हजार तीन सय आठ लिटर सूर्यमुखीको प्रशोधित तेल र रु ९७ करोड मूल्यका दुई करोड ४९ लाख पाँच हजार एक सय ८५ थान कपडा र र ६६ करोड मूल्य पर्ने सेन्थेटिक यार्न निर्यात निर्यात भएको छ । 

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ६ : ४७ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै