जेनजीलाई शंकर पोखरेलको चुनौती: तपाईंका सुशासन आदर्शसँग परीक्षण हुन चाहन्छु « Khabarhub

जेनजीलाई शंकर पोखरेलको चुनौती: तपाईंका सुशासन आदर्शसँग परीक्षण हुन चाहन्छु


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफू सधैं सुशासनको पक्षमा भए पनि भ्रष्टचारी विरोधी निशानमा परेकोमा दुःख व्यक्त गरेका छन् ।

भदौ २४ गतेको तोडफोडमा आफ्नो घर जलाइएपछिको एक अनुभूती लेख्दै पोखरेलले आफ्नो पारिवारिक,राजनीतिक र संसदीय यात्राका अन्तरंग सार्वजनिक गरेका हुन् ।

जेनजी आन्दोलनमा घरमा आगलागी र तोडफोड गराइएपछि करिब दुई महिना साथीको घरमा बसेको र हिजोदेखि फ्ल्याट लिएर पुन डेराको जीन्दगी सुरु भएको पोखरेलले उल्लेख गर्दै जीवनका उतारचढाव भावनात्मक रुपमा सार्वजनिक गरेका हुन् ।

सामाजिक सञ्जालमा लामो वृतान्त लेख्दै पोखरेलले आफू पनि संसद भएका बेला प्राडो र पजेरो संस्कृति भित्रिए पनि आफूले त्यस्तो सुविधा नलिएको, गम्भीर प्रकृतिको रोग लाग्दा पनि राज्यबाट उपचार सहयोग नलिएको, लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएका बेला पुँजीगत खर्च शतप्रतिशत गरेको र आफूले सम्हालेको अर्थ मन्त्रालयमा समेत बेरुजु शून्य रहेको उल्लेख गरेका छन्।

‘मैले अहिलेसम्म हरेक काममा आफूलाई आर्थिक अनुशासन र मितव्ययिताका दृष्टिले उदाहरणीय बन्ने र बनाउने प्रयास गरें’ पोखरेलले लेखेका छन्, ‘तर भ्रष्टाचार विरोधका नामको कथित आक्रमणमा चर्को निशानामा हाम्रो परिवार पर्न गयो।’

पोखरेलले आफ्नो परिवारमा दाङमा शिक्षा र समाजसेवाका लागि तीन सय विगाहा भन्दा बढी जग्गा दान गरेको उल्लेख गरेका छन्। दाजुभाइसँग अंशवण्डा गरेर हाल आफूसँग चार विगाहा जग्गा रहेको उनको भनाइ छ।

पोखरेलले आफूले १६ वर्षको उमेरदेखि पढाइका लागि घर छोडेको,त्यसपछि राजनीतितर्फ आकर्षित भएको,अध्ययनकै क्रममा बनारस बस्दा नेपाली समुदायसँग मिलेर समाजसेवा र राजनीति गरेको पनि स्मरण गरेका छन्।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ७ : ५९ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको