पार्टी छोडेका नेता-कार्यकर्तालाई फर्किन उपेन्द्र यादवको आह्वान « Khabarhub

पार्टी छोडेका नेता-कार्यकर्तालाई फर्किन उपेन्द्र यादवको आह्वान


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी परित्याग गरेका नेता-कार्यकर्ता पंक्तिलाई घर फर्किन आह्वान गरेका छन् ।

विभिन्न कारण र कालखण्डमा पार्टी छाडेका नेता कार्यकर्तालाई अप्ठ्यारो नमानी पुरानै घरमा फर्किन आह्वान गर्दै उनीहरूको स्वागतका लागि जसपा नेपालको ढोका खुला रहेको अध्यक्ष यादवले बताएका छन् ।

ललितपुरको इमाडोलमा बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकले पनि विगतका दिनमा संगठन छाडेका नेता कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गर्दै फिर्ता हुनेलाई स्वागत गर्ने निर्णय गरेको छ ।

‘पार्टी स्थापनाकालदेखि विगतमा जे जस्तो कारणले असन्तुष्ट भएर पार्टी छाडेपनि उहाँहरू सबैलाई जसपा नेपालमा स्वागत छ, आफ्नो पुरानै घरमा फर्किन आह्वान गर्दछु,’ अध्यक्ष यादवले भने, ‘जसपा नेपाल हामी सबैको साझा संगठन भएकोले जुनै कारणले पार्टी परित्याग गरेपनि पुनः फर्किन कसैले दुःख, धक, संकोच वा अप्ठ्यारो मान्नु पर्दैन ।’

पार्टी परित्याग गरेका नेता कार्यकर्तालाई सम्पर्कमा आउन अपील गर्दै उीहरूको क्षमता, दक्षता, भूमिका र योग्यता अनुसार पार्टीमा उचित स्थान र जिम्मेवारी दिइने अध्यक्ष यादवले बताएका छन् ।

मुलुकमा विकसित परिदृष्यलाई मध्यनजर गर्दै पार्टीलाई थप संगठित, समावेशी र बृहत् बनाउने उद्देश्यले पार्टी छाडेकालाई पुरानै घर फर्काउने अभियान जसपा नेपालले प्राथमिकतासहित सञ्चालन गर्ने बताइएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ३ : ३७ बजे

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी