अहिले देशमा निर्वाचनको वातावरण बन्न नसके पनि एकदिन निर्वाचन हुनै पर्छ : विप्लव « Khabarhub

अहिले देशमा निर्वाचनको वातावरण बन्न नसके पनि एकदिन निर्वाचन हुनै पर्छ : विप्लव


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले कम्युनिष्टहरुलाई नयाँ ढंगले नयाँ केन्द्रमा एकीकृत गर्ने प्रयास रहेको बताएका छन् ।  

शुक्रबार दल दर्ताका लागि सनाखत गराउन निर्वाचन आयोग पुग्नुभएका विप्लवले सञ्चारकर्मीसँग कुरा गर्दै अहिले एकताको बहस नेपालमा जारी नै रहेको भन्दै कम्युनिष्टहरुलाई नयाँ केन्द्रमा एकीकृत गर्ने प्रयास रहेको बताएका हुन् ।

उनले आफूहरूको पार्टी नयाँ भएको भन्दै जनताको सल्लाहमा नै निर्वाचनमा भाग लिन पार्टी दर्ता गर्न लागिएको जानकारी दिए । नेकपाले अहिलेसम्म देशलाई क्षति हुने कुनै काम नगरेको र गर्न नदिएको उल्लेख गर्दै विप्लवले आगामी दिनमा जनताको सुझाव अनुसार नै देशको हितमा काम गर्ने धारणा राखे । नयाँ पुस्ताले चाहेको रूपान्तरणका लागि सङ्घर्षरत रहने उनको भनाइ छ ।

विप्लवले अहिले देशमा निर्वाचनको वातावरण बन्न नसके पनि एक दिन निर्वाचन हुनै पर्ने जिकिर गरे । 

केहिदिन अघि कम्युनिस्ट पार्टी नेपाल नाम राखेर विप्लव नेतृत्वको पार्टीले दल दर्ताका लागि आयोगमा निवेदन दर्ता गरेको थियो । दल दर्ताका लागि निवेदन परेपछि आयोगले शुक्रबार नेकपाका नेताहरूलाई सनाखतका लागि बोलाएको हो ।

विप्लव नेतृत्वको पार्टीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामबाट राजनीतिक गतिविधि गर्दै आए पनि निर्वाचनका लागि कम्युनिस्ट पार्टी नेपाल प्रस्ताव गरेको हो । 

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ४ : ३२ बजे

तस्बिरमा हेर्नुहोस्, पोखरामा निकालिएको बोलबम यात्रा

पोखरा– साउनको तेस्रो सोमबार पर्यटकीय राजधानी पोखरामा बोलबम निकालिएको छ ।

माइतीघर डुबान समस्या : दीर्घकालीन समाधानको खोजी गरिँदै

काठमाडौं– राजधानीको केन्द्र मानिने माइतीघर मण्डलाक्षेत्र सामान्य वर्षा हुँदा पनि जलमग्न

इन्डोनेसियाली यात्रुवाहक फेरिमा आगलागी, पाँच जनाको मृत्यु, ३९ बेपत्ता

सुराबाया– इन्डोनेसियाको जाभा टापुनजिक आइतबार यात्रुवाहक फेरिमा आगलागी हुँदा कम्तीमा

मधेसमा चहलपहल बढ्दै

जनकपुरधाम– अशान्त मधेस प्रदेशमा क्रमशः चहलपहल बढ्दै गएको छ । सिरहाको

१५ बुँदे माग राख्दै वीर अस्पतालका नर्स आन्दोलित

काठमाडौं- विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका