अहिले देशमा निर्वाचनको वातावरण बन्न नसके पनि एकदिन निर्वाचन हुनै पर्छ : विप्लव « Khabarhub

अहिले देशमा निर्वाचनको वातावरण बन्न नसके पनि एकदिन निर्वाचन हुनै पर्छ : विप्लव


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले कम्युनिष्टहरुलाई नयाँ ढंगले नयाँ केन्द्रमा एकीकृत गर्ने प्रयास रहेको बताएका छन् ।  

शुक्रबार दल दर्ताका लागि सनाखत गराउन निर्वाचन आयोग पुग्नुभएका विप्लवले सञ्चारकर्मीसँग कुरा गर्दै अहिले एकताको बहस नेपालमा जारी नै रहेको भन्दै कम्युनिष्टहरुलाई नयाँ केन्द्रमा एकीकृत गर्ने प्रयास रहेको बताएका हुन् ।

उनले आफूहरूको पार्टी नयाँ भएको भन्दै जनताको सल्लाहमा नै निर्वाचनमा भाग लिन पार्टी दर्ता गर्न लागिएको जानकारी दिए । नेकपाले अहिलेसम्म देशलाई क्षति हुने कुनै काम नगरेको र गर्न नदिएको उल्लेख गर्दै विप्लवले आगामी दिनमा जनताको सुझाव अनुसार नै देशको हितमा काम गर्ने धारणा राखे । नयाँ पुस्ताले चाहेको रूपान्तरणका लागि सङ्घर्षरत रहने उनको भनाइ छ ।

विप्लवले अहिले देशमा निर्वाचनको वातावरण बन्न नसके पनि एक दिन निर्वाचन हुनै पर्ने जिकिर गरे । 

केहिदिन अघि कम्युनिस्ट पार्टी नेपाल नाम राखेर विप्लव नेतृत्वको पार्टीले दल दर्ताका लागि आयोगमा निवेदन दर्ता गरेको थियो । दल दर्ताका लागि निवेदन परेपछि आयोगले शुक्रबार नेकपाका नेताहरूलाई सनाखतका लागि बोलाएको हो ।

विप्लव नेतृत्वको पार्टीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामबाट राजनीतिक गतिविधि गर्दै आए पनि निर्वाचनका लागि कम्युनिस्ट पार्टी नेपाल प्रस्ताव गरेको हो । 

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ४ : ३२ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान