प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’ « Khabarhub

प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका-१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल ‘महादेव थान’ प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । 

गाउँपालिकाले पछिल्ला वर्षमा संरक्षण र पूर्वाधार विकासको पहल थाले पनि अपेक्षित रूपमा पहिचान नपाएको स्थानीयको गुनासो छ । यो क्षेत्रको संरक्षण थाले पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको हो ।
 
गाउँपालिकाले विसं २०८० देखि सुरु गरेको पूजापाठ तथा सद्बिज छर्ने कार्यक्रमसँगै यहाँको धार्मिक महत्त्व थप बढेको छ । हतुवागढी र रामप्रसाद राई गाउँपालिकाको सङ्गमस्थलमा रहेको यो स्थानमा विगतका वर्षमा मेला लाग्ने परम्परा रहँदै आएको थियो । माओवादी द्वन्द्वका कारण लामो समयदेखि रोकिएको मेला अहिले स्थानीयको पहलमा पुनःसञ्चालन गरिएको छ ।

गाउँपालिकाले यस स्थानको संरक्षणसँगै बाटो तथा भक्तजनको आवतजावतको सहजताका लागि फलामको बार लगाएको छ । यहाँसम्म पुग्न सडक विस्तार गरिएको छ । महादेव थान संरक्षण समिति गठन गरेर यो स्थानको संरक्षण तथा विकासको काम भइरहेको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । 

गाउँपालिकाले महत्त्वपूर्ण धार्मिकस्थलका रूपमा यसको संरक्षणका साथै धार्मिक पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गरिरहेको अध्यक्ष राईले बताए । ऐतिहासिक, धार्मिक, सांस्कृतिक क्षेत्रका रूपमा यस क्षेत्रको विकास गरिरहेको जनाउँदै उनले यसबाट पर्यटन प्रवर्द्धनका साथै स्थानीयको आयस्तरमा सुधार हुने विश्वास व्यक्त गरे ।

‘यो हाम्रो गाउँपालिकाको एक महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थल हो’, अध्यक्ष राईले भने, ‘यो क्षेत्रको विकासका लागि हामीले पूर्वाधार निर्माण, संरचना विस्तालगायत क्षेत्रमा काम गरिरहेका छौँ । यो प्रसिद्धस्थल प्रचारप्रसारको अभावमा ओझेलमा परेकोले यसको प्रचारप्रसारमा जुटेका छौँ ।’

गुफाँसगै यहाँको बनावटले सबैलाई आश्चर्यचकित पार्ने स्थानीय लालबहादुर प्रधानले बताए । यस मन्दिरको दर्शन गरेर मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेकाले भक्तजन यहाँ आउने गरेका उनको भनाइ छ । विगतमा ठूलो मेला लाग्ने गरेको भए पनि माओवादी द्वन्द्वकालपछि यहाँ मेला लाग्न बन्द भएको स्थानीय बताउँछन् ।

यहाँ बालाचतुदर्शीमा मेला लाग्नुका साथै भजनकीर्तन हुने गर्दछ । देवस्थलमा गुफासँगै विभिन्न देविदेवताको मूर्ति छन् । ऐतिहासिक, धार्मिक र प्राकृतिक सौन्दर्य मिसिएको यो स्थल गाउँपालिकाको पहिचान बन्ने सम्भावना बोकेको स्थानीयको भनाइ छ । रासस
 

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ६ : १९ बजे

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली

प्रधानमन्त्रीले प्रमुख दलका नेताहरूलाई बालुवाटार बोलाइन्

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनको निर्वाचन

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल