चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं « Khabarhub

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले आगामी निर्वाचनमा भाग लिनुपर्ने बताएकी छन्। जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै प्रसाईंले जेनजी प्रदर्शन र त्यसपछिको अराजकताले संविधान र लोकतन्त्र संकटमा रहेको बताउँदै चुनावमा जानुपर्ने बताएकी हुन्।

‘जेनजी प्रदर्शनपछिको आराजकताले राष्ट्रका सबै अंग तहसनहस भए। संविधान एउटा टेकोमा अडिएको छ। यस्तो अवस्थामा चुनाव घोषणा भएको छ,’ उनले भनिन्, ‘यस्तो अवस्थामा नेपालका एउटा मात्र लोकतान्त्रिक पार्टीले चुनावमा जान्छौँ भनेर तत्काल निर्णय गरौँ। चुनावले मात्र संविधानको रक्षा गर्छ। हामीले चुनावमा हाछौँ कि जित्छौँ कस्तो परिस्थिति छ भनेर हिसाब गर्ने समय यो होइन। हामीले हार्ने निश्चित छ भने पनि चुनावमा गएर संविधान जोगाउनुपर्छ। संविधान र लोकतान्त्र रह्यो भने कांग्रेसले भोलि फेरि चुनाव जित्नेछ।’

उनले छिमेकी राष्ट्रका भूमिकादेखि अबको कूटनीतिक बाटोका विषयमा पनि कांग्रेसले छलफल गर्नुपर्ने बताइन्। विशेष महाधिवेशन माग गर्ने ५४ प्रतिशतले नियमित महाधिवेशनकै पक्षमा प्राथमिकता राखेको भन्दै यही केन्द्रीय समितिबाट कार्यतालिका ल्याएर अघि बढ्नुपर्ने उनको भनाइ छ।

एक वर्षभन्दा अघिदेखि नेता डा. शेखर कोइरालाले नियमित समयमा महाधिवेशन गर्नुपर्ने धारणा राख्दै आए पनि बहुमतले पेल्ने र पदाधिकारीहरू बहुमतकै पक्षमा उभिने प्रवृत्तिले अहिले पार्टीमा विवाद भइरहेको उनको भनाइ थियो।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ११ : ०२ बजे

सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न

काठमाडौँ – सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु