एनआरएनएको चुनावमा भाँडभैलो, भोटिङ मेसिन बिग्रिएपछि मतदान स्थगित « Khabarhub

एनआरएनएको चुनावमा भाँडभैलो, भोटिङ मेसिन बिग्रिएपछि मतदान स्थगित


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि सुरु भएको मतदान स्थगित भएको छ ।

चुनावमा भोटिंङ मशिन ब्रिग्रिएपछि आज विहान १० बजे सम्मको लागि स्थागित गरिएको निर्वाचन आयुक्त शिव रिजालले जानकारी दिए ।

इलोक्टोनिक मतदान शुरु भएको केही समयमै भोटिङ मेसिनमा प्राविधिक समस्या आएपछि  मतदान स्थगित गरिएको जनाइएको छ ।

निर्धारित समयभन्दा मतदान ढिलो शुरु गरेको भन्दै नाराबाजी र तोडफोड समेत गरिएको छ । आक्रोशित भीडले मतदान स्थल बाहिरका केही टेबल कुर्सी फुटाएका थिए । मतदान स्थगित भएपछि पुनः नाराबाजी चलेको थियो ।

एनआरएनएको नयाँ नेतृत्वका लागि ४२ पदमा ७६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मङ्गलबार साँझदेखि बुधबार अपराह्न ३ः०० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो ।

नयाँ नेतृत्वमा अध्यक्षमा कुमार पन्त र कूल आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचनमा करीब दुई हजार ४०० मतदाता सहभागी हुनेछन् । ‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि शुरु भएको सङ्घको नवौँ नेपाली विश्वसम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् ।

बिहीबारसम्म तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन् । सम्मेलनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ६ : ३४ बजे

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

चार करोडको लागतमा विद्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन