कसरी हुन्छ आँखाको प्रत्यारोपण « Khabarhub

कसरी हुन्छ आँखाको प्रत्यारोपण


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालमा आँखा सम्बन्धि समस्या बढ्दै जान थालेको छ । एक अध्ययन अनुसार प्रति सय व्यक्तिमा करिव एकजना व्यक्ति अन्धो रहेको देखिएको छ ।

जसको पहिलो कारण आँखाको लेन्सको पारदर्शकत्वमा ह्रास वा कमी आएर हुने मोतिबिन्दु हो । यससँगै आँखाको नानीमा आउने खराबी अन्धोपनको दोस्रो प्रमुख कारण हो ।

आँखाको नानीमा फुलो पर्दा कुनै किसिमको उचित औषधिमुलो छैन र एक मात्र विकल्प भनेको आँखाको नानी फेर्नु हो जसले गर्दा अन्धाले फेरि देख्न सक्ने हुन्छ ।

के हो आँखाको प्रत्यारोपण ?

आँखा फेरियो वा आँखाको प्रत्यारोपण गरियो भन्ने सुन्दा कता–कता आँखाको डल्लो नै फर्ने पो हो की भन्ने भान पर्नसक्छ ।

तर वास्तवमा आँखाको डल्लो नै फेर्ने नभई केवल आँखाको नानी मात्र प्रत्यारोपण अथवा फेर्ने हो, जसलाई आँखाको प्रत्यारोपण भन्ने गरिन्छ ।

आँखाको सबैभन्दा अगाडि बाहिरपट्टि रहेको पारदर्शक झिल्ली नै आँखाको नानी हो । यसरी कुनै कारणवश आँखाको नानीमा फुलो पर्न गई दृष्टिहीन भएकालाई दृष्टि प्रदान गर्ने उद्देश्यले ती अन्धाको फुलो परेको आँखाको नानीलाई काटेर झिकिन्छ र बदलामा दाताबाट प्राप्त सफा आँखाको नानी आवश्यकताअनुसार प्रत्यारोपण गरिन्छ ।

कसले गर्न सक्छ आँखादान ?

आँखादान कुनै पनि व्यक्ति जसको आँखा स्वस्थ छ, उसले गर्नसक्छ । यसमा उमेर तथा आँखाको पावर कम र चश्मा लगाएको आदिले कुनै बाधा गर्दैन ।

किनभने आँखा फेर्ने अथवा आँखाको प्रत्यारोपण भनेको आँखाको डल्लो नै फेर्ने नभई आँखाको नानीको मात्र प्रत्यारोपण हो । आँखादान र सामाजिक अवधारण हाम्रो यो अन्नपानीको शरीरले जब प्राण त्याग्छ, तब विभिन्न धर्म र संस्कारअनुसार कसैलाई जनाइन्छ भने कसैलाई गाडिन्छ ।

जसले गर्दा हाम्रो शरीर खरानी र माटोमा परिणत हुन्छ । मृत्युपछि जलेर, सडेर जाने हाम्रो मृत शरीरमा रहेको आँखाको नानी जुन कोही जीवित अन्धालाई जिउनका लागि पुनःप्रयोगमा ल्याउन सकिन्छ, यसरी कुनै एक व्यक्तिले आँखा दान गरेमा त्यसको मृत शरीरबाट प्राप्त गरिने आँखाको नानीले चारजना अन्धालाई दृष्टि प्रदान गर्दछ ।

कोही मानवको हित गर्नु जो कोहिको कर्तव्य मात्र नभई सबै धर्मले दिएको उपदेश पनि हो । तसर्थ, हाम्रो समाजमा रहको रुढिवादी परम्परा र सामाजिक मूल्य एवं मान्यतालाई सकारात्मक हिसाबले प्रयोजनमा ल्याई आँखादानप्रति समाजका व्यक्ति विशेषहरुले चाख देखाएका आम जनतामा पनि यसको उत्साह बढ्ने निश्चित छ ।

एकजना व्यक्तिले आँखादान दिने प्रण गरेमा चार जना अन्धालाई दृष्टि प्रदान र अन्धोपनको अध्ययन र अनुसन्धानमा योगदान पुर्याउँछ । दाताको परिवारमा शान्ति, सन्तुष्टि र सकारात्मक भावना जगाउँछ ।

दाताको दानप्रतिको उदारता र मानवीयता बोध गराउँछ । गोपनीयता र विश्वसनीयतामा कुनै कमी हुने छैन । दाताको उमेर आदिले बाधा पार्ने छैन । दाताको मृत शरीरको आकृति वा चेहरामा कुनै असर नपारी केही मिनेटमै आँखाको नानी मात्र झिकिन्छ ।

आँखादान सार्थक र सर्वश्रेष्ठ दान हो, जसको लागि कुनै धर्मले बाधा गर्दैन ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ६ : ५७ बजे

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग (तस्बिरहरू)

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०