जेन-जी आन्दोलनले सुशासनको लक्ष्मण रेखा कोरेको छ : प्रधानमन्त्री कार्की « Khabarhub

जेन-जी आन्दोलनले सुशासनको लक्ष्मण रेखा कोरेको छ : प्रधानमन्त्री कार्की


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनले देशमा सुशासनको लक्ष्मण रेखा कोरेको बताएकी छन् । शुक्रबार उद्योग तथा वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस २.० लाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएकी हुन् । 

कार्यक्रममा उनले उद्योगीव्यवसायीको समस्या सम्बोधनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने उनले बताइन् । 

‘यो आन्दोलन आर्थिक, सामाजिक, राजनैतिक सबै क्षेत्रको सुधारका लागि भएको थियो । कानुनको शासन र आम सर्वसाधारण तथा व्यवसायीको सुरक्षाका लागि सरकारले कुनै कमजोरी गर्दैन, आन्दोलनपछि उच्छृङ्खल समुहले इमानदार व्यवसायीलाई प्रताडित बनाए त्यो सरकारलाई स्वीकार्य छैन् । यि चुनौती सामना गर्न सरकारले प्रष्ट योजना बनाएको छ,’ उनले भनिन् । 

राजनैतिक आवरणमा भएका लुट र व्यवसायीमाथि सिर्जना गराइएका गलत भाष्य चिर्न सरकारले प्रयास गर्ने उनले बताइन् । उद्योगीको मनोबल नउठेसम्म देशको अर्थव्यवस्था पनि नउठ्ने हुँदा तत्काल समाधान खोज्ने उनले बताइन् । 

उद्योगी व्यवसायीले कर तिर्ने होइन रोजगारी सिर्जना, सामाजिक सुरक्षा लगायतका राज्यको दायित्व समेत निर्वाह गरिरहेको हुने उनले बताइन् ।

व्यवसायीबिना देश बन्दैन, वित्तीय क्षेत्रको लगानी, व्यवसायी तथा पेशाकर्मीको सुरक्षाको वातावरण निर्माणको जिम्मा भने सरकारको हो, सरकारका सबै निकाय त्यसमा लागेको छ । सुरक्षाको अनुभूति विस्तारै बढाउँदै लगिनेछ,’ उनले बताइन् । 

निर्वाचन सफल र स्वच्छ बनाउन नीजि क्षेत्रको समेत आवश्यकता रहने हुँदा ढुक्कसाथ लाग्न उनले आग्रह गरिन् । साथै उनले व्यवसायीहरूलाई ढुक्क भएर अगाडि बढ्न पनि आग्रह गरेकी छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ५ : ०२ बजे

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार