ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | Khabarhub Khabarhub

ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । ना१३प ६७०३ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले भरतपुर महानगरपालिका–१० सिर्जनाचोकमा ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका भरतपुर महानगरपालिका–४ यज्ञपुरीका भविस केसीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

मोटरसाइकलमा सवार तनहुँ आबुखैरहनीका २२ वर्षीय सुशान्त अधिकारी र १९ वर्षीय प्रशान्त अधिकारी घाइते भएका छन् । उनीहरु दुवैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

घाइते प्रशान्तको अवस्था गम्भीर र सुशान्तको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र ट्रकका चालक फरार रहेकाले खोजी कार्यलाई तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ७ : ५६ बजे

नौ जना बन्दी रिहा गर्न हमास तयार

इजरायल – शनिबार भएको वार्तापछि हमास केही बन्दीलाई रिहा गर्न

२४ घण्टामा विपदमा परेर चार जनाको मृत्यु, २८ घाइते

काठमाडौं – विपद्का घटनामा परेर पछिल्लो २४ घण्टामा चार जनाको

आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल जेठ ४ गते आइतबार। जेठ

आज २०८२ साल जेठ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ ४ गते आइतबार। जेठ