अदालतमा विचाराधीन रविको मुद्दाबारे रास्वपा भन्छ : ४० लाख जनताले प्रतिशोध र अन्यायपूर्ण भनिसके « Khabarhub

अदालतमा विचाराधीन रविको मुद्दाबारे रास्वपा भन्छ : ४० लाख जनताले प्रतिशोध र अन्यायपूर्ण भनिसके


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभिन्न पाँचवटा सहकारीमा भएको रकम हिनामिना प्रकरणमा मुछिएका सभापति रवि लामिछानेलाई सरकारले अन्यायपूर्वक थुनामा पठाएको निष्कर्ष राष्ट्रिय स्वतन्त्र पार्टीले निकालेको छ ।

चितवनको सौराहामा शुक्रबार र शनिबार दुई दिनसम्म चलेको विस्तारित बैठकले यस्तो निष्कर्ष निकालेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

बैठकले लामिछानेमाथि लगाइएको मुद्दालाई राजनीतिक प्रतिशोधको परिणाम भनेको छ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि लगाइएको मुद्दा राजनीतिक प्रतिशोधको परिणाम स्वरूप दायर गरिएको एक नियोजित र बदनियतपूर्ण भएको र यसले लोकतान्त्रिक अभ्यासमाथि प्रहार गर्दै जनविश्वासलाई कमजोर पार्ने काम गरेको ठान्दछ’, प्रवक्ता झाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘सरकारले शक्तिको दुरुपयोग गर्दै विपक्षी विचारलाई दबाउने यस प्रवृत्तिले जनताको म्यान्डेटमाथि प्रत्यक्ष प्रहार गरेको छ।’

रास्वपाले रविविरुद्धको मुद्दाबारे देशभर सञ्चालन गरिएको हस्ताक्षर अभियानमार्फत् ४० लाखभन्दा बढी नागरिकले यसलई राजनीतिक प्रतिशोध र अन्यायपूर्ण भएको भनी ऐक्यबद्धता जनाएका जिकिर गरेको छ।

रविमाथिको मुद्दालाई राजनीतिक प्रतिशोधको उपकरणका रूपमा प्रयोग गरिएको जिकिर रास्वपाको छ । ‘यस्ता मुद्दाहरूलाई न्यायालयले निष्पक्ष, स्वतन्त्र र द्रूत न्यायिक प्रक्रियामार्फत् निष्कर्षमा पुऱ्याउन माग गर्दछ’, वक्तव्यमा भनिएको छ, ‘यस्तो न्यायिक निष्पक्षता र शीघ्र सुनुवाइले मात्र लोकतन्त्र र कानुनको शासनप्रति जनविश्वास पुनःस्थापित गर्न सक्नेछ भन्ने हाम्रो विश्वास छ।’

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा तीनै तहका अदालतले रविलाई थुनामै राख्ने आदेश दिएका छन्।

जिल्ला अदालत रुपन्देही, उच्च अदालत दाङको बुटवल इजलास र सर्वोच्च अदालतलेसमेत तत्काल प्राप्त प्रमाणका आधारमा रविलाई पुर्पक्षका लागि थुनामै राख्नु मनासिव हुने ठहर गरेका थिए । रविको एउटा मुद्दा सर्वोच्चमा विचाराधीन छ भने अन्य मुद्दा जिल्ला र उच्च अदालतबाट किनारा लाग्न बाँकी छन् ।

यसका साथै रास्वपाले देशमा बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि ध्रुवीकरण अपरिहार्य रहेको जनाएको छ। त्यसका लागि, समान विचार भएका परिवर्तनकारी शक्तिसँग संवाद, सहमति र सहकार्यमा जोड दिएको झाले बताए ।

परम्परागत राजनीति शक्तिको विकल्प खोज्ने जनचाहनालाई सम्बोधन गर्न रास्वपाको भूमिका विशेष र प्रभावकारी हुनुपर्ने निष्कर्ष निकालिएको उनले बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १२ : २३ बजे

सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न

काठमाडौँ – सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु