राप्रपाको महाधिवेशन टारेर एक वर्ष कार्यकाल लम्ब्याउँदै राजेन्द्र लिङ्देन « Khabarhub

राप्रपाको महाधिवेशन टारेर एक वर्ष कार्यकाल लम्ब्याउँदै राजेन्द्र लिङ्देन


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति बैठक मंसिर २४ गतेसम्मलाई सरेको छ। यही कात्तिक २७ र २८ गतेका लागि बोलाइएको बैठक मंसिर २४ र २५ गतेका लागि सारिएको हो।

‘कार्तिक २७ र २८ गतेका लागि पूर्वनिर्धारित केन्द्रीय कार्यसमितिको बैठक विशेष कारणवश मंसिर २४ र २५ गते काठमाण्डौंमा बस्ने गरी तोकिएको छ’ महामन्त्री राजेन्द्र गुरुङले जारी विज्ञप्तिमा उल्लेख छ।

अध्यक्ष राजेन्द्र लिङ्देन र दुई जना पूर्वअध्यक्षहरूको आपसी परामर्शपछि केन्द्रीय समितिको बैठक सारिएको बताइएको छ। ९ महिनादेखि राप्रपा केन्द्रीय समिति बैठक बस्न सकेको छैन।

राप्रपाको वर्तमान कार्यसमितिको कार्यकाल आगामी मंसिर १८ गते सकिँदैछ। तर बैठक नै मंसिर २४ गते बोलाएपछि राप्रपामा विधानको प्रयोग गरी कार्यकाल थप्ने तयारी भएको बुझिन्छ। राप्रपाको विधानले अध्यक्षको प्रस्तावमा एक वर्ष कार्यकाल थप्न सकिने प्रावधान छ। राप्रपाको लिङ्देन नेतृत्वको कार्यसमिति ०७९ मंसिरमा निर्वाचित भएको हो।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ९ : २४ बजे

मेलाको बचत रकम पर्यटन विकासमा

म्याग्दी – अन्नपूर्ण गाउँपालिका-१ स्थित मणिबराही युवा क्लबले दसैँ मेलाबाट

कृष्णभीरमा नयाँ ट्याक : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा भक्तजनको लाम

काठमाडौँ – अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् श्री गणेशको

शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ – ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त

बाढी-पहिरो : बिपी र पृथ्वी राजमार्ग अवरुद्ध, कुन सडकको अवस्था के ?

काठमाडौँ – बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न मुख्य राजमार्ग