‘छ माया छपक्कै’ चल्दा केकीलाई कति फाइदा ? « Khabarhub

‘छ माया छपक्कै’ चल्दा केकीलाई कति फाइदा ?


३० आश्विन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री केकी अधिकारीका झण्डै २ दर्जन फिल्म एकपछि अर्को गर्दै फ्लप भए । कति फिल्मले चर्चा पाए, कति फिल्म हलमा रिलिज भएको र गएको समेत दर्शकले भेउ पाएनन् । भलै केकीलाई राम्रो अभिनय गर्ने अभिनेत्रीका रुपमा भने लिइन्छ ।

यतिबेला भने केकीको चर्चा चलेको छ । उनी पनि लामो समयपछि आफूले चाहेको जस्तो फिल्ममा काम गर्न पाएको बताउँछिन् । त्यसो त केकीले आफूले चाहेजस्तो फिल्म बनाउन आफै निर्मात्री बनेकी थिइन् । उनले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ पनि फ्लप भएको थियो ।

अझ यो फिल्मबाट त केकीले स्किृप्ट चोरी गरेको भन्दै विरोधको सामना गर्नुपर्‍यो ।

यतिबेला भने फिल्म ‘छ माया छपक्कै’ ले केकीलाई सफलताको स्वाद चखाएको छ । उनको यो फिल्म फिल्म हलमा राम्रो चलिरहेको छ । मल्टिस्टारर यो फिल्ममा दीपकराज गिरीको समूह हाबी हुन्छ कि भन्ने पनि अनुमान गरिएको थियो । तर, फिल्मबाट केकीको पनि राम्रो चर्चा भयो । यो फिल्म हेरेका दर्शकले केकीको पनि जबरजस्त फ्यान भएको प्रतिक्रिया दिएका छन् ।

राम्रो गर्न खोज्दा पनि व्यावसायिक रुपमा असफल चलचित्र दिएकी केकीलाई लागि यो पनि पक्कै फाइदैको कुरा हो । अब आगामी चलचित्र ‘झिंगे दाउ’ मा उनको अभिनय कस्तो रहनेछ त्यो भने हेर्न बाँकी छ । त्यसो त केकी एक्लैले पनि फिल्म राम्रो बनाउने भन्ने होइन । पहिले त फिल्म नै राम्रो बन्नुपर्ने हुन्छ ।

जे जसो भए पनि ‘छ माया छपक्कै’ भने केकीको करिअरको व्यावसायिक हिट फिल्ममध्ये एक हुन सफल भएको छ । केकीका लागि यो फाइदाकै कुरा हो ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहिबार  ११ : ३३ बजे

औद्योगिक प्रदूषण कम गर्दै स्वच्छ ऊर्जा प्रयोगलाई बढाउने योजना अघि बढ्यो

काठमाडौँ– विश्व बैंक समूहअन्तर्गतको इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसनले नेपाल सरकारलाई औद्योगिक

झापामा भूमि समस्या समाधानको कामले गति लिँदै, ३३ परिवारले पाए लालपुर्जा

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीको जग्गासम्बन्धी समस्या समाधानका

इनम सापकोटासँग चिनजान, सम्पर्क र संलग्नता छैन : प्रधानन्यायाधीश शर्मा

काठमाडौं- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया भनिएका इनम सापकोटासँग आफ्नो

विश्वप्रकाशको आग्रह : कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढौँ

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण