काठमाडौँ- मधेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा नेपाली काँग्रेससहित ६ दलका नेताहरूले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष बहुमतको सरकार गठनका लागि आह्वान गर्न माग गरेका छन्।
मुख्यमन्त्री सोनलले पदबाट राजीनामा दिएको एक दिन बितिसक्दा पनि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान नगरेपछि सोनल नेतृत्वको समूहले विपक्षी दल काँग्रेसलाई समेत साथमा लिएर नयाँ सरकार गठनका लागि पहल थालेको हो।
सोनलसँगै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण यादव, नेकपा (माओवादी केन्द्र)का उपनेता युवराज भट्टराई, जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामआशिष यादव, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक कनिश पटेल र नागरिक उन्मुक्त पार्टीकी उर्मिलादेवी सिंह प्रदेश प्रमुख भण्डारीसँग भेट गरेर संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गर्न माग गरेका छन्।
कार्यवाहक मुख्यमन्त्री सोनलका अनुसार अहिले १०७ सदस्यीय प्रदेशसभामा करिब ८५ सांसदले आफूहरूको पक्षमा समर्थन जनाएको छ।














प्रतिक्रिया