पूर्वसांसदका स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न सरकारको ताकेता « Khabarhub

पूर्वसांसदका स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न सरकारको ताकेता


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्रालयले सांसदहरूको स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न निरन्तर दबाब दिइरहेको छ। संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले उक्त जानकारी दिएका हुन्।

संसद् सचिवालय भने सकेसम्म सुविधा दिने पक्षमा रहेको महासचिव पद्मप्रसाद पाण्डेयले खुलासा गरेका छन्। कतिपय कानूनी बन्धन र सरकारले गरेका निर्णय पालना गर्नुपर्ने भएकाले यस्तो सुविधा दिन अप्ठेरो परेको उनको भनाइ छ।​

रष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको आइतवार बसेको बैठकमा पाण्डेले यस्तो जानकारी दिएका हुन्। सरकारले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूका स्वकीय सचिवहरू हटाइएकाले यसले असहज स्थिति सिर्जना गराएको उनले गुनासो गरे।​

राष्ट्रियसभाका उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखलाई समेत यसले असहज बनाएको उनको भनाइ छ। उनका अनुसार अर्थ मन्त्रालयले बारम्बार पूर्वपदाधिकारीहरूले पाएका सुविधा फिर्ता भए वा नभएको विवरण मागिरहेको छ। उनले हाल राष्ट्रियसभामा सत्तापक्ष र प्रतिपक्ष नभएकाले ती दलले पाउने अतिरिक्त सुविधा कटौती गर्न माग आइरहेको उनले जानकारी दिए।

पाण्डेले भने, ‘सबै माननीयहरूका स्वकीय सचिव हटाइएको छ। यसमा राष्ट्रियसभाका उपाध्यक्ष पनि पर्नुभयो। अहिले प्रतिनिधिसभाको हकमा प्रतिनिधिसभाका सदस्य नभएका कारणले त्यो समस्या परेन तर प्रतिनिधिसभाकी उपसभामुख अहिले पनि हुनुहुन्छ, उहाँलाई पनि अप्ठ्यारो पारेको अवस्था छ। पूर्वसभामुखहरूले लिएका सुविधा फिर्ता भएका छन्। हामीलाई तारन्तार अर्थ मन्त्रालयबाट कति सुविधा फिर्ता भए‚ कति भएनन् भनेर मौखिक सन्देश आउने गरेको छ।’

संसद् सचिवालयले भने सकेसम्म सुविधा प्रदान गर्न सकारात्मक रहेको बताए। यद्यपि कतिपय कानूनी बन्धन र सरकारले गरेका निर्णय पालना गर्नुपर्ने भएकाले केही अप्ठेरो परिस्थिति सिर्जना भएको उनको भनाइ छ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १० : ४४ बजे

गोरखामा दलका १२ र तीन स्वतन्त्र उमेदवार प्रतिस्पर्धामा, कसले मार्ला बाजी ?

गोरखा । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि क्रोएशिया र ग्रीस पठाउने भन्दै रु

नेपाल–भारत सीमा सुरक्षा बैठकमा बेहोस भएका एसपी घिमिरेको निधन

काठमाडौं – नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक चलिरहेका बेला बेहोस

बुढासुब्बा गोल्डकप : झापा–११ क्वाटर फाइनलमा प्रवेश

सुनसरी – धरानमा जारी २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’

गोरखा – जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकका किसानले कृष्ण प्रतिपदाको तिथिमा