एनआरएनएको चुनाव शुरु | Khabarhub Khabarhub

एनआरएनएको चुनाव शुरु


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व चयनका लागि चुनाव शुरु भएको छ ।

विहीवार(आज) विहान सवा १० बजेबाट मतदान शुरु भएको हो ।

बुधबार मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दावी विरोध लगायतका काम सकिएको भएपनि साँझबाट शुरु हुने भनिएको मतदान रोकिएको थियो ।
संघका उपाध्यक्ष कुमार पन्त र कुल आचार्य दुई प्यानल बनाएर मैदानमा उत्रिएका छन् ।

निर्वाचनमा करीब दुई हजार ४०० मतदाता सहभागी हुनेछन् । ‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि शुरु भएको सङ्घको नवौँ नेपाली विश्वसम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् ।

बिहीबारसम्म तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन् । सम्मेलनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ११ : ०७ बजे

इजरायली हमलामा परी दुई इरानी सञ्चारकर्मी मारिए

तेहरान- इरानी राज्य प्रसारक टेलिभिजन आईआरआईबीमा इजरायलले गरेको आक्रमणमा दुई

सुर्खेतबाट हिँडेर ३१ दिनमा काठमाडौं आइपुगे नवराज बोहरा (तस्बिरहरू)

काठमाडौं– जेठ ४ गतेदेखि सुर्खेतबाट पैदल यात्रा सुरु गरेको नवराज

रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

बेनी– अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा निर्माण भएको छ मेगावाट क्षमताको

ट्रम्पको धम्कीपछि तेहरान छाड्ने बढे

काठमाडौं– जी ७ शिखर सम्मेलनमा भाग लिन क्यानडा जानुअघि अमेरिकी

बाजुराको छेडेदह ताल किनारमा खेल प्रशिक्षण

धनगढी– बाजुराको खप्तड छेडेदह गाउँपालिकाले छेडेदह अर्थात लभताल परिसरमा खेल