चीनले गर्‍यो अमेरिकासहित चार देशको नौसैनिक अभ्यासको जासुसी « Khabarhub

चीनले गर्‍यो अमेरिकासहित चार देशको नौसैनिक अभ्यासको जासुसी


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीनले अमेरिका, अस्ट्रेलिया, फिलिपिन्स र न्यूजिल्याण्डका नौसैनिकबीच आयोजित अभ्यासको जासुसी गरेको पाइएको छ । दक्षिण चीन सागरमा चार मुलुकले नौसैनिक अभ्यास गरेका थिए ।

उक्त नौसैनिक अभ्यासमा चीनले जासुसी जहाज तैनाथ गरेको अस्ट्रेलियाको सार्वजनिक प्रसारण सेवा एबीसीले जनाएको छ । चीनले फिलिपिन्समाथि झगडालु भएको र क्षेत्रीय शान्तिलाई कमजोर पार्न खोजेको आरोप लगाएको छ ।

उक्त अभ्यासमा अस्ट्रेलियाको एचएमएएस बलारात, फिलिपिन्सको फ्रिगेट, न्यूजिल्याण्डको रिफ्यूलर, अमेरिकी डिस्ट्रोयर र अमेरिका कै पी–८ निगरानी जहाज सहभागी रहेका थिए । यस अभ्यासलाई ‘बहुपक्षीय समुद्री सहकार्य गतिविधि’ को संज्ञा दिइएको छ ।

यसैबीच अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले चिनियाँ समकक्षीसँग भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा उक्त क्षेत्रमा चिनियाँ सैन्य उपस्थिति र यसबाट उत्पन्न प्रभावबारे छलफल गरेका छन् ।

केही समयअघि चिनियाँ लडाकु जहाज र अस्ट्रेलियाको निगरानी जहाज एक आपसमा ठोक्किनबाट थोरैले जोगिएका थिए । यसबारे पनि दुई नेताबीच कुराकानी भएको एबीसीले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  १ : १८ बजे

कल मोबिलिटी (हुवावे) र मेल्टडाउनबीच फिटनेस सहकार्यका लागि सम्झौता

काठमाडौं– नेपालका लागि हुवावे उत्पादनहरूको एक मात्र आधिकारिक राष्ट्रिय वितरक

अमेरिका–इरान युद्धविरामपछि निर्णायक वार्ता पाकिस्तानमा

इस्लामाबाद- पाकिस्तानले अमेरिका र इरानबीच जारी तनाव समाधानका लागि निर्णायक वार्ता

इजरायली विपक्षी नेताको आक्रोश : नेतन्याहु असफल भए, इरानसँगको युद्धविराम ‘राजनीतिक विपत्ति’

जेरूसेलम- इजरायलका प्रमुख प्रतिपक्षी नेता यायर लापिडले इरानसँग भएको युद्धविराम

सीजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ को बम्पर उपहार योजना

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘एक्सपेरियन्स लाइफ

राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ : प्रधानसेनापति सिग्देल

दमौली– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना