एमालेको घर फर्क राष्ट्रिय अभियान सुरु (लाइभ) « Khabarhub

एमालेको घर फर्क राष्ट्रिय अभियान सुरु (लाइभ)


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेकपा (एमाले)ले पार्टी छाडेर अन्य दलमा लागेका नेताहरूलाई पुनः पार्टीमा स्वागत गर्दै ‘घर फर्क अभियान’ सुरु गरेको छ ।

राष्ट्रिय सभा गृहमा सोमबार आयोजित विशेष समारोहकाबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीबाट फर्किएका नेतृ रामकुमारी झाँक्री र नेता किसान श्रेष्ठलाई पार्टीको झण्डा प्रदान गर्दै घरमा स्वागत गरे । कार्यक्रममा एकीकृत समाजवादीमा लागेका नेताहरूले प्रतीकात्मक रूपमा सो पार्टीको चुनाव चिन्ह ‘कलम’ अध्यक्ष ओलीलाई बुझाएका थिए ।

पार्टी प्रवेश कार्यक्रममा एमाले छाडी एकीकृत समाजवादीतर्फ लागेका केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला तहका नेता तथा कार्यकर्ताहरू ठूलो संख्यामा एमालेमा फर्किएका छन् । कार्यक्रममा फर्किएका नेताहरूको नाम वाचन गरी सार्वजनिक गरिएको छ।

पार्टीका शीर्ष नेताहरूले यो अभियानलाई संगठनभित्र पुनः एकताको सुरुवातका रूपमा व्याख्या गरेका छन् । अध्यक्ष ओलीले एमालेमा फर्किएकाहरूलाई उत्साहपूर्वक स्वागत गरेका छन् ।

राष्ट्रिय सभा गृहमा आज देशभरबाट आएका नेता तथा कार्यकर्ताको उपस्थितिले हल खचाखच भरिएको थियो। कार्यक्रम स्थलमा ‘घर फर्क अभियानमा स्वागत छ’ लेखिएका ब्यानर र झन्डाहरूले उत्सवमय वातावरण सिर्जना गरेका थिए ।

लाइभ हेर्नुहोस् :

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ४ : ११ बजे

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६