एमालेको घर फर्क राष्ट्रिय अभियान सुरु (लाइभ) | Khabarhub Khabarhub

एमालेको घर फर्क राष्ट्रिय अभियान सुरु (लाइभ)


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेकपा (एमाले)ले पार्टी छाडेर अन्य दलमा लागेका नेताहरूलाई पुनः पार्टीमा स्वागत गर्दै ‘घर फर्क अभियान’ सुरु गरेको छ ।

राष्ट्रिय सभा गृहमा सोमबार आयोजित विशेष समारोहकाबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीबाट फर्किएका नेतृ रामकुमारी झाँक्री र नेता किसान श्रेष्ठलाई पार्टीको झण्डा प्रदान गर्दै घरमा स्वागत गरे । कार्यक्रममा एकीकृत समाजवादीमा लागेका नेताहरूले प्रतीकात्मक रूपमा सो पार्टीको चुनाव चिन्ह ‘कलम’ अध्यक्ष ओलीलाई बुझाएका थिए ।

पार्टी प्रवेश कार्यक्रममा एमाले छाडी एकीकृत समाजवादीतर्फ लागेका केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला तहका नेता तथा कार्यकर्ताहरू ठूलो संख्यामा एमालेमा फर्किएका छन् । कार्यक्रममा फर्किएका नेताहरूको नाम वाचन गरी सार्वजनिक गरिएको छ।

पार्टीका शीर्ष नेताहरूले यो अभियानलाई संगठनभित्र पुनः एकताको सुरुवातका रूपमा व्याख्या गरेका छन् । अध्यक्ष ओलीले एमालेमा फर्किएकाहरूलाई उत्साहपूर्वक स्वागत गरेका छन् ।

राष्ट्रिय सभा गृहमा आज देशभरबाट आएका नेता तथा कार्यकर्ताको उपस्थितिले हल खचाखच भरिएको थियो। कार्यक्रम स्थलमा ‘घर फर्क अभियानमा स्वागत छ’ लेखिएका ब्यानर र झन्डाहरूले उत्सवमय वातावरण सिर्जना गरेका थिए ।

लाइभ हेर्नुहोस् :

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ४ : ११ बजे

प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल गरेकी

अन्तरिम सरकारलाई ओलीले दिए म्यादीको संज्ञा, चुनाव गराउनै नसक्ने जिकिर

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारका मन्त्रीहरूलाई

नेपाली फिल्म हेर्न २४ दिनमा झन्डै ६ लाख दर्शक हल पुगे, कति भयो व्यापार ?

काठमाडौं – असोज ३१ देखि कात्तिक २२ सम्मको २४ प्रदर्शन

कोशी टप्पुमा देखिन थाले पाहुना चरा

विराटनगर– सुनसरीको कुशहास्थित कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रमा पाहुना चराहरू

माधव नेपालको हात छाडेर १५ सय ४५ दिनपछि एमालेमै रामकुमारी

काठमाडौं – नेकपा एकीकृत समाजवादीकी स्थायी समिति सदस्य रामकुमारी झाँक्री