काठमाडौं- दक्षिण चीन सागरमा भियतनामले द्विपहरुको निर्माणलाई तीव्र पारेको छ । दक्षिण चीन सागरको स्प्राट्ले टापु समूहमा भियतनामले द्विपको निर्माण तीव्र पारेको हो ।
यस क्षेत्रमा चीनले पनि द्विपहरुको निर्माणहरु गरिरहेको छ । बालुवा, समुद्री चट्टानजस्ता पदार्थले बनाएका यी द्विपहरुमा २ माइल लामो धावनमार्ग, लडाकु विमान राख्ने सुविधा, खेलकुद केन्द्र, गोलीगठ्ठा भण्डारण केन्द्रजस्ता सुविधा रहेको जनाइएको छ ।
वाल स्ट्रिट जर्नलले भू–उपग्रह तस्बिरको विश्लेषणका आधारमा यस्तो जानकारी सार्वजनिक गरेको हो । दक्षिण चीन सागरमा चीन र भियतनामसँगै ब्रुनाइ, मलेशिया, ताइवान, फिलिपिन्सजस्ता मुलुकले पनि आफ्नो सार्वभौमिकता दाबी गर्दै आएका छन् ।
आफ्नो दाबीलाई थप मजबुत बनाउन चीनले सैन्य प्रयोजनका लागि स्प्राट्ले टापु निर्माण गरिरहेको छ । चीनको चुनौतीलाई जवाफ दिन भियतनामले पनि टापु निर्माणलाई तीव्र पारेको जर्नलले उल्लेख गरेको छ ।
गत मार्च महिनासम्म चीनले दक्षिण चीन सागरमा ४ हजार एकडभन्दा धेरै द्विप निर्माण गरेको थियो । सो अवधिसम्म भियतनामले भने २ हजारभन्दा धेरै एकड टापु निर्माण गरेको छ ।













प्रतिक्रिया