काठमाडौं– बंगलादेशसँगको मैत्रीपूर्ण खेल तथा मलेसियासँगको एएफसी एसियन कप छनोटमा सहभागी हुने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरिएको छ ।
सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा आयोजित एक कार्यक्रममाबीच खेलकुद मन्त्री बब्लु गुप्ता र एन्फा पदाधिकारीहरूले नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरेका हुन् ।
बिदाइ कार्यक्रममा नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले एएफसी एसियन कप छनोटअघि बंगलादेशसँग हुने मैत्रीपूर्ण खेल खेलाडीको फिटनेसका लागि महत्त्वपूर्ण हुने बताए । छोटो समयको बन्द प्रशिक्षण भए पनि दुवै खेलमा राम्रो नजिता आउने उनको विश्वास छ ।
त्यस्तै उनले ए डिभिजन लिगको माग गर्दै राष्ट्रिय खेलाडीहरू विरोधमा उत्रनुपर्ने अवस्था नेपाली फुटबलका लागि उचित नभएकाले सरोकारवाला सबैले यसमा ध्यान दिनुपर्ने धारणा राखे ।
नेपालले नोभेम्बर १३ मा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने त्यसपछि नोभेम्बर १८ मा एएफसी एसियन कप क्वालिफायरअन्तर्गत मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।













प्रतिक्रिया