सातहजार रुपैयाँ घुस लिने दीपक पौडेल दोषी ठहर, एक महिना कैद सजाय « Khabarhub

सातहजार रुपैयाँ घुस लिने दीपक पौडेल दोषी ठहर, एक महिना कैद सजाय


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सात हजार रुपैयाँ घुस लिएको अभियोगमा दीपक पौडेल दोषी ठहर भएका छन्। सोमबार विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले पौडेललाई एक महिना कैद र सात हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो।

अदालतले पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम कसुरदार ठहर गरेको हो।

पौडेलले अख्तियार र अदालतमा दिएको बयान, उजुरीको विवरण, उजुरकर्ताको बकपत्र, बरामद रकम र उनीहरूबीचको फोन संवादजस्ता प्रमाणका आधारमा अदालत दोषी ठहर गरेको फैसलामा उल्लेख छ।

अदालतले पौडेलबाट ‘अपराध पीडित संरक्षण ऐन, २०७५’ बमोजिम पीडित राहत कोषमा २८० जम्मा गराउनसमेत आदेश दिएको छ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ८ : ५२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल