दुई दिन स्थगित भएको कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै « Khabarhub

दुई दिन स्थगित भएको कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दुई दिन स्थगित भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक मंगलबार बस्दैछ। केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

पूर्वमन्त्री तथा पार्टीका पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधनको शोकमा आइतबार र सोमबार स्थगित भएको बैठक आज बस्न लागेको हो।

असोज २८ गते सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे अझै पनि छलफल जारी छ।

करिब एक महिनादेखि जारी बैठकमा नियमित कि विशेष महाधिवेशन भन्ने विवाद पेचिलो बन्दै गएको छ। संस्थापन पक्षले महाधिवेशन गर्ने योजना बनाएको छैन। अर्को पक्षले भने नियमित महाधिवेशन नभए विशेष महाधिवेशन हुनैपर्ने अडान अगाडि सारेको छ। बैठकमा कांग्रेसमा दुई पक्षले छुट्टाछुट्टै महाधिवेशनत कार्यतालिका प्रस्तुत गरिसकेका छन्।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ७ : १० बजे

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध

सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु

सुनसरी – सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक

मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु

काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको