दल दर्ता गर्नुअघि कुलमान र सुदन अन्तिम पटक छलफल गर्दै | Khabarhub Khabarhub

दल दर्ता गर्नुअघि कुलमान र सुदन अन्तिम पटक छलफल गर्दै


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङ र जेन-जी आन्दोलनबाट उदाएका नेता सुदन गुरुङबीच फेरि भेटघाट हुने भएको छ।

आइतबारदेखि यी दुईजना पटकपटक भेट गरेर एउटै पार्टी बनाउने विषयमा छलफल गरिरहेका छन्।

सोमबार र मङ्गलबार बिहान पनि गुरुङ र घिसिङबीच भेटवार्ता भएको थियो। मंगलबार बिहान भएको भेटमा गुरुङ र घिसिङले पार्टी एउटै बनाएर जाने विषयमा छलफल गरे।

तर कुलमानले आफ्नो पार्टीको नाम उज्यालो नेपाल रहने बताउँदै नेतृत्वमा पूर्वसचिव अनुपकुमार उपाध्यायलाई नै अघि सार्ने अडान राखे ।

यता गुरुङले सकेसम्म मिलेर जानुपर्ने भन्दै जेन-जीसहितका परिवारको तर्फबाट नेतृत्वमा अगाडि सारेर जानुपर्ने मत राखे । दुवैबीच बिहान पनि कुरा नमिलेपछि सुदन निस्किए । अहिले फेरि ऊर्जामन्त्री घिसिङले सुदनलाई बोलाएका छन् ।

नेताहरूका अनुसार सम्भवत: कुलमान र सुदनले दल दर्ता गर्नु अगाडि अन्तिमपटक भेट्न लागेका हुन् ।

‘बिहान पनि कुलमान र सुदन बस्नुभएको हो, अहिले फेरि उहाँ सुदन जानुभएको छ’, एक सहयोगीले खबरहबलाई भने, ‘हामीले त सुरुबाटै भनेको जे-नजी आन्दोलनको अपनत्व हुने नेतृत्व र पार्टी चाहिन्छ । कुलमान दाइ मान्नुभएको छैन। बिहान भेट भएको हो । त्यसबेला सुदन र कुलमानबीच मिलेर जानेबारे कुरा भएको हो। तर कुलमानजीले अडान छोड्नुभएन। हामीले पनि छोड्ने कुरा भएन ।’

सुदनका सहयोगीका अनुसार अहिले कुलमानले अन्तिम पटक छलफल गर्ने भन्दै बोलाएका छन् । त्यही छलफलका लागि सुदन अहिले कुलमानको निवासतिर गएका छन् ।

‘दुईजनाबीच भेटपछि सम्भवत: अलग अलग नयाँ दल दर्ता हुन्छ । नाटकीय परिवर्तन नभए कुलमानले उज्यालो नेपाल र सुदनले सहिद परिवारको प्रतिनिधि लिएर दल दर्ता गर्नुहुन्छ’, कुलमानिकट स्रोतले भन्यो, ‘तत्काललाई नभए भविष्यमा सहकार्य गर्ने वातावरण बनाएर उहाँहरूबीच कुरा मिल्छ ।’

स्रोतका अनुसार अहिले सुदनले बनाउन लागेको पार्टीमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र पूर्वसांसद सुमना श्रेष्ठ सहभागी हुने छन् । बालेन्द्र अहिले बाहिर नदेखिए पनि उनी पनि आन्तरिक तयारीमा छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १२ : १५ बजे

राष्ट्रपतिसमक्ष मधेस प्रदेशका प्रदेश प्रमुख कर्णको शपथ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र

तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना

काठमाडौं– पछिल्ला तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना घटेको

एमसिए-नेपालको परियोजना आसपास संरचना निर्माण गर्न र रुख रोप्न निषेध

काठमाडौं– सरकारले एमसिए–नेपालले निर्माण गर्ने ४०० केभि विद्युत् प्रसारण लाइनका

प्रतिनिधिसभा पुनः स्थापनाको माग गर्दै एमालेको स्थानीय पालीकामा प्रदर्शन

काठमाडौं– विघटित प्रतिनिधिसभा पुनः स्थापनाको माग गर्दै नेकपा एमालेले मुलुकभरका

बराहक्षेत्रमा खोरेत रोगविरुद्ध निःशुल्क खोप अभियान

धरान– बराहक्षेत्र नगरपालिकाले गाईभैँसीमा देखिने खोरेत रोग नियन्त्रणका लागि नगर