नारायणकाजी भन्छन् : मधेशको घटना लोकतन्त्रकै अपमान, दलहरूले अझै चेतेका रहेनछन् « Khabarhub

नारायणकाजी भन्छन् : मधेशको घटना लोकतन्त्रकै अपमान, दलहरूले अझै चेतेका रहेनछन्


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवगठित नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले सोमबार मधेस प्रदेशमा भएको घटनालाई लोकतान्त्रिक अभ्यासमाथिको अपमान भनेका छन् ।

श्रेष्ठले सोमबार मधेस प्रदेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई बर्दिबासस्थित पानस होटलबाटै मुख्यमन्त्री बनाएको प्रसंगमा उनले यस्तो बताएका हुन्।

प्रदेश प्रमुख भण्डारीमार्फत पानस होटेलमा मुख्यमन्त्रीका रुपमा यादवलाई शपथ गराइनु राजनीतिक नैतिकतामाथिको ठूलो प्रहार भनेर श्रेष्ठले ब्याख्या गरेका छन् । ‘यसले स्पष्ट गर्छ कि राजनीतिक पार्टी र नेताहरू यत्रो जेन-जी विद्रोहपछि पनि चेतेका छैनन्’, उनले भने ।

श्रेष्ठले जेन-जी विद्रोहले राजनीतिक पार्टी र नेताहरूको शुद्धिकरण र रूपान्तरणलाई प्रमुख मुद्दा बनाएको स्मरण गराउँदै अहिले देखिएको प्रवृत्ति त्यही चेतनाको प्रतिकूल भएको बताए।

उनले प्रमुख राजनीतिक दल र नेताहरूले त्यो विद्रोहको सन्देशलाई लत्याएर अघि बढ्न खोज्नु देशको राजनीतिक भविष्यका लागि ज्यादै घातक हुने बताएका छन् ।

उनले सबै जेन-जी आन्दोलनकारीहरू र उक्त विद्रोहको सकारात्मक पक्षलाई समर्थन गर्ने जनतालाई फेरि एकपटक राजनीतिक पार्टीहरूको शुद्धिकरण र रूपान्तरणको मुद्दा सार्थक र परिणाममुखी बनाउन आवाज उठाउन आह्वान गरेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १ : ०३ बजे

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ६० हजार राजस्व संकलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन दुई हजार ६६ सवारीचालकलाई सवारी नियम

विश्वलाई चीनको सन्देश : ‘विकास र ग्रामीण पुनर्जागरण नै गरिबी अन्त्यको आधार’

निङ्सिया (चीन)- उत्तरी छिमेकी चीनले विकास, गरिबी न्यूनीकरण र साझा समृद्धिलाई

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका