काठमाडौं– नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनवारले दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । नोभेम्बर १४ देखि १६ तारिखसम्म भारतको दार्जिलिङमा हुने प्रतियोगितामा सहभागी हुन रोहित बुधबार जाँदै छन् ।
रोहितले भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्स र डबल्समा खेल्ने छन् । डबल्समा रोहितले स्थानीय जोली टार्गेनसंग मिलेर खेल्ने छन् ।
पुरुष-महिला सिंगल्स र भेट्रानको विभिन्न उमेर समूहको ६ गरी ८ प्रस्पर्धामा खेल हुनेछ । दार्जिलिङ जिमखाना क्लबको आयोजनामा हुने प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख ८० हजार रुपैयाँ रहेको छ ।













प्रतिक्रिया