मधेशमा तनाव : बाहिर नाराबाजी, भित्र मुख्यमन्त्री यादवको पदभार « Khabarhub

मधेशमा तनाव : बाहिर नाराबाजी, भित्र मुख्यमन्त्री यादवको पदभार


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार पदभार ग्रहण गरेका छन् ।

सोमबार महोत्तरीको बर्दिबासस्थित पानस होटलमा प्रदेश प्रमुम सुमित्रा सुवेदी भण्डारीबाट मुख्यमन्त्रीको नियुक्ति लिएका उनले मंगलबार जनकपुरधाम पुगेर पदभार ग्रहण गरेका हुन् ।

उनले पदभार ग्रहण गर्ने क्रममा मधेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनारसहित विरोध प्रदर्शनमा उत्रिए । नेपाली कांग्रे‍स र नेकपा माओवादी केन्द्रसहितका दलले प्रदर्शन गरेका हुन् ।

सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले दीर्घकालीन महत्वका निर्णय नगर्न आदेश दिएलगत्तै यादवले पदभार ग्रहण गरेका हुन् ।

उनले पदभार ग्रहणका क्रममा मधेश आन्दोलनका शहीदहरूलाई मधेश रत्नले सम्मानित गर्ने पहिलो निर्णय गरेका छन् ।

मुलुकमा संघीयता ल्याउन मधेसका शहीदहरूको अतुलनीय योगदान रहेको मुख्यमन्त्री यादवले बताए ।

उनले शहीदका परिवारलाई मधेसमा आर्थिक सहयोग त दिइए पनि शहीदहरूलाई सम्मान नभएको बताए । त्यसैले पहिलो निर्णयमै मधेश रत्नबाट हीदलाई सम्मान गर्ने निर्णग गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ६ : ५२ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त