मतदाता नामावली दर्ता गर्नेको भिड बढेपछि थपियो कर्मचारी, दुई सिफ्टमा काम « Khabarhub

मतदाता नामावली दर्ता गर्नेको भिड बढेपछि थपियो कर्मचारी, दुई सिफ्टमा काम


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले मतदाता नामावली दर्तास्थलमा सेवाग्राहीको चाप बढेपछि थप जनशक्ति र सिफ्टको व्यवस्था गरेको छ। आयोगका अनुसार, दैनिक ८०० भन्दा बढी नाम दर्ता भइरहेका जिल्लामा बिहान र दिउँसो गरी ६/६ घण्टाको दुई सिफ्टमा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ।

विशेषगरी काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)मा देखिएको चापलाई सम्बोधन गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट १४ जना थप कर्मचारी खटाइएको आयोगका प्रवक्तासमेत रहेका सहसचिव नारायण प्रसाद भट्टराईले जनाएका छन्।

आयोगले ०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने व्यक्तिहरूले नाम मतदाता नामावलीमा दर्ता गराउन पनि अपिल गरेको छ।

आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुने तय भएको छ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ८ : ४० बजे

गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो

काठमाडौं– गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर

बालेनले समाते केपी ओलीकै शैली : बोलाइसकेको संसद् रोके अध्यादेशको बाटोतिर

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति

नेप्से परिसूचक २६ अंकले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक २६ दशमलव १६ अंकले

सिक्किम पुगेका मोदीले लगाए ढाका टोपी, युवासँग खेले फुटबल

काठमाडौं- सिक्किम भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार हजार

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

एजेन्सी– बेलगोरोडको रूसी सीमा क्षेत्रमा मंगलबार भएको युक्रेनी ड्रोन आक्रमणमा