राना थारु ‘होमस्टे’मा आकर्षकण : वार्षिक तीन हजार पाहुनाको बास « Khabarhub

राना थारु ‘होमस्टे’मा आकर्षकण : वार्षिक तीन हजार पाहुनाको बास


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारु समुदायले सञ्चालन गरेको पाहुना घर (होमस्टे) फष्टाउँदै गएको छ । दश वर्षअघि कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँ कटानमा स्थापना भएको होमस्टे राना थारु समुदायको आयआर्जनको माध्यम बनेको छ ।

यहाँबाट विश्वमै बाह्रसिङ्गेको विशाल बथानले परिचित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको पाहुनाघरमा हिउँदका बेला बासका लागि आउँदा बाह्रसिङ्गे, चित्तल, मयूर, बदेल र विभिन्न प्रजातिका चराचुरुङ्गी सहज रुपमा अवलोकन गर्न पाइने गरेको होमस्टे सञ्चालकहरुको भनाइ छ ।

राना थारु सामुदायिक होमस्टेका अध्यक्ष परशुराम रानाले निकुञ्जसित जोडिएकाले बन्यजन्तु अवलोकन गर्न पाइने गरेको बताए। 

‘निकुञ्जले तार जाली नहालेका बेला त चित्तल, बँदेलले हाम्रो खेतबारीमा निकै नोक्सान पुर्‍याउथे’ अध्यक्ष रानाले भने, ‘निकुञ्जमा भ्रमण अवलोकनका लागि आउनेहरू प्रायः बासका लागि होमस्टेमै आउँछन् ।’

यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरू आउने जाने क्रम चलिरहेको भए पनि आवश्यक प्रचार अझै नभएको उनको छ । ‘मुलुकका अन्य निकुञ्ज छेउछाउबाट यहाँ अवलोकनका लागि आउनेहरू बास यही बस्छन्’, रानाले भने, ‘गत वर्ष मात्रै तीन हजारको हाराहारीमा पाहुनाहरू आएको तथ्यांक छ ।’

उनले आठ वटा घरमा सञ्चालित होमस्टेमा सञ्चालकहरूले प्रतिघर वार्षिक डेढदेखि दुई लाखसम्म आम्दानी गर्ने गरेको जानकारी दिए । निकुञ्जका साथै होमस्टेमा बास बस्ने पर्यटकलाई दोधारा चाँदनी झोलुङ्गे पुल र पिपरियामा रहेको हात्तीसारमा हात्ती अवलोकनका लागि पनि दूरीका हिसाबले नजिक पर्छ । 

‘यहाँ हिउँदको समय र फागुनदेखि जेठसम्म पर्यटकहरू बासका लागि धेरै आउँछन्’, अध्यक्ष रानाले भने ‘यहाँ राना थारु परिकारदेखि पहिरन र सांस्कृतिक कार्यक्रममा रमाउने गर्छन ।’ 

यहाँ गत साउनयता दुई सयभन्दा बढी पर्यटकले बास बसेको उहाँको भनाइ छ । रानाका अनुसार छिटपुट रुपमा होमस्टे सञ्चालनमा दातृ निकायले सहयोग गर्दै आएका छन् ।

‘दश वर्षअघि होमस्टे सुरु गर्दा पनि दाताहरूबाट सहयोग मिलेको थियो’, उनले भने, ‘यहाँको थारू नृत्यहरुको माग धेरै कार्यक्रममा अन्त हुने गर्छ ।” 

सुलभ बसाइ हुने भएकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउने प्रायः पर्यटक होमस्टेमै बास बस्ने गरेको विगतझै अहिले पनि पर्यटक आवागमनमा कमी आएको छ । यहाँ बासका लागि आउने पर्यटकले स्थानीय उत्पादनको स्वादसमेत लिन पाउँछन् । 

भीमदत्त नगरपालिकाको नयाँ कटानसँगै कृष्णपुरको वाणी र शुक्लाफाँटा नगरपालिकाको जोनापुरमा समेत होमस्टे सञ्चालमा छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका सचिव राहुल भट्टले जिल्लामा आउने पर्यटकहरुका लागि होमस्टेहरु सहज र उपयोगी भएको बताए।

‘पर्यटकमैत्री प्याकेजहरु सञ्चालन गरेर जिल्लाका पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा निजी क्षेत्रले पनि प्रयास गरिरहेको छ’, उनले भने, ‘यहाँका पर्यटकीयस्थलको प्रचारप्रसारमा उद्योग वाणिज्य सङ्घ सधैँ अग्रसर रहँदै आएको छ ।’

उनले होमस्टे वृद्धि तथा सञ्चालनमा निजी क्षेत्रको सहकार्य पनि जरुरी रहेको बताए।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  १२ : २६ बजे

हेटमायरको विष्फोटक ब्याटिङमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई दियो २५५ रनको विशाल लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले

गौर घटनामा २० जनाविरुद्ध मुद्दा अघि बढाइयो

रौतहट– रौतहटको गौरमा दुई समुदायबीच भएको साम्प्रदायिक झडप तथा आगजनी

कांग्रेसले काठमाडौँ, पोखरा र सुर्खेतमा चुनावी सभा गर्दै

काठमाडौँ- नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न सहरमा चुनावी

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गरिन्छ : उपसभापति अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले निर्वाचित

इमान्दार नेता र नेतृत्वलाई मतदान गरौँ : पुष्पा भुसाल

ललितपुर- नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले उमेदवारको इमान्दारिता, योजना र