रेशमको 'नागरिक उन्मुक्ति पार्टी नेपाल' ले पायो मान्यता (तस्बिरहरू) | Khabarhub Khabarhub

रेशमको ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ ले पायो मान्यता (तस्बिरहरू)


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाललाई आधिकारिकता प्रदान गरेको छ ।  

बुधबार आयोगले नागरिक उन्मुक्ति पार्टी नेपाल संरक्षक चौधरीलाई राजनीतिक दल दर्ता प्रमाणपत्र प्रदान गरेको हो । 

नागरिक उन्मुक्ति पार्टीबाट अलग भएर चौधरीले केही दिन अघि नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिनुभएको थियो । निवेदनमाथिको प्रक्रिया अघि बढाउँदै आयोगले बुधबार नागरिक उन्मुक्ति पार्टी नेपाललाई आधिकारिकता प्रदान गरेको हो ।

आफ्नो दल औपचारिक रूपमा निर्वाचन आयोगमा दर्ता भएपछि नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले सीमान्तकृत, आदिवासी जनजाति लगायत पछाडि परेका समुदायलाई अघि बढाउन नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरिएको जानकारी दिए । 

नागरिक उन्मुक्ति पार्टीमा रहँदा पछाडि परेका समुदाय अघि बढाउने मूल एजेन्डा प्राथमिकतामा पर्न नसकेका कारण नयाँ दल दर्ता गर्नु परेको उनले बताए । चौधरीले हरेक नागरिकलाई राज्यसँग जोड्नका लागि आगामी निर्वाचनमा पछि परेका समुदायलाई अवसर दिने जिकिर गरे । 

उनले आगामी निर्वाचनमा जनताले आफूहरूलाई विश्वास गर्ने र राम्रो नतिजा ल्याउने दाबी गरे  । नागरिक उन्मुक्ति पार्टी नेपालको अध्यक्षमा कबीर सोप रहेका छन् । 

राजनीतिक दल दर्ता नम्बर २०६ रहेको नागरिक उन्मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यालय काठमाडौंको सिनामंगलमा रहने प्रमाणपत्रमा उल्लेख छ । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  १२ : ५५ बजे

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

काठमाडौं– डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा

‘झिँगेदाउ २’मा मुकुनको स्थानमा महेश, आर्यनको पनि प्रवेश

काठमाडौं – शीर्ष नायकलाई परिवर्तन गरी फिल्म ‘झिँगेदाउ २’ बन्ने

‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ नेपालका लागि उपलब्धिमूलक : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘ग्लोबल आइसिटी लिडरसिप

भीम रावलले भने : स्वेच्छाचारी केपी ओलीलाई साथ दिएर एमालेमा नबस्नुस्

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्दै डा. भीम रावलले एमालेमा

भुटानको दुई दिने भ्रमण सकेर प्रधानमन्त्री मोदी स्वदेश फिर्ता

एजेन्सी– प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको दुई दिने राजकीय भ्रमण सकेर