रवि लामिछाको मुद्दामा हेटौंडा उच्च अदालतको यस्तो आदेश « Khabarhub

रवि लामिछाको मुद्दामा हेटौंडा उच्च अदालतको यस्तो आदेश


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उच्च अदालत हेटौंडाले टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनले गरेको फैसला सदर हुने निर्णय सुनाएको छ।

उच्च अदालतले बिहीबार रवि र सरकारी पक्षको निवेदनमा सुनुवाइ गर्दै धरौटी माग गर्ने आदेश सदर गरेको हो । उच्च अदालत हेटौंडाले चितवन अदालतले सुनाएको विदेश जान अनुमति लिनुपर्ने, कार्यक्रम सञ्चालन गर्न नपाउने जस्ता शर्तहरु भने बदर गर्न आदेश गरेको हो।

उच्च अदालतका न्यायाधीशद्धय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलाशको यस्तो आदेश दिएको हो।

उच्च अदालतको यो आदेशपछि लामिछानेले विदेश जान र कार्यक्रम चलाउन पाउने छन्। जिल्ला अदालत चितवनको आदेश विरुद्ध लामिछानेले उच्च अदालत पाटन अन्तर्गतको हेटौंडा इजलाशमा दिएको निवेदनको दोस्रो सुनुवाइ गर्दै जिल्ला अदालतको आदेश सदर गर्ने निर्णय सुनाएको हो।

शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका रवि लामिछाने ५ लाख, सञ्चारकर्मी युवराज कडेँल ३ लाख र अस्मिता कार्की साधारण तारेखमा रिहा भएका थिए ।

अस्मिता कार्की रुकुको हकमा साधारण तारेखमा रिहा गरेको फैसला सदर गर्न उच्च अदालत हेटौंडाको आदेश छ । अस्मिताको पक्षमा अधिवक्ता मनिष कुमार श्रेष्ठ र केदार गुरागाईंले बहस गरेका थिए ।

पत्रकार पुडासैनीको गत साउन २० मा चितवनको नारायणगढ बसपार्कस्थित होटल कंगारुमा शव भेटिएको थियो।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ६ : ४३ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर