टर्की आक्रमणपछि उत्तरपूर्वी सिरियाबाट तीन लाख विस्थापित « Khabarhub

टर्की आक्रमणपछि उत्तरपूर्वी सिरियाबाट तीन लाख विस्थापित


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेरूत- टर्कीले उत्तरपूर्वी सिरियाको कुर्द नियन्त्रित क्षेत्रमा गरेको आक्रमणको कारण तीन लाखभन्दा बढी व्यक्ति विस्थापित भएको मानव अधिकारवादी संस्थाले जनाएको छ ।

मानव अधिकारवादी संस्था ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’का प्रमुख रमी अब्देल रहमानले यो आक्रमण सुरु भएदेखि तीन लाखभन्दा बढी सर्वसाधारण विस्थापित भइसकेको बताए ।
बाध्य भएर विस्थापित हुने व्यक्तिको सङ्ख्या अझै बढ्नसक्ने पनि उनले जानकारी दिए ।
“विस्थापितले आफन्तसँग सुरक्षित क्षेत्रमा सर्न खोजे पनि उनीहरू बगैँचामा सुतिरहेका छन्,” अब्देल रहमानले भने।

विस्थापितले विभिन्न ४० विद्यालयमा शरण लिइरहेका छन् । कुर्द समुदायको बाहुल्यता रहेको उत्तर तथा उत्तरपूर्वी सिरियामा टर्कीले यही अक्टोबर ९ तारिखदेखि हमला सुरु गरेको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ८ : ३० बजे

तिलगंगा र ग्लोबल बैंकबीच विपन्नलाई निःशुल्क मोतिबिन्दु शल्यक्रिया गर्ने समझदारी 

काठमाडौं– तिलगंगा आँखा प्रतिष्ठान र ग्लोबल आइएमई बैंक लिमिटेड बीच

मोरङमा बर्ड फ्लु फैलिँदा सम्बन्धित निकायको ढिलासुस्ती, जोखिम बढ्दो

काठमाडौं– मोरङमा बर्ड फ्लु संक्रमण तीव्र रूपमा फैलिँदै जाँदा पनि

‘एचई उच्च शिक्षा र्‍याङ्किङ’मा काठमाडौं विश्वविद्यालय १२२औँ स्थानमा

काठमाडौं– संयुक्त राज्य अमेरिकास्थित एक संस्थाले सार्वजनिक गरेको ‘एचई उच्च शिक्षा

निलम्बित सहसचिव झलकरामसँग विशेषले माग्यो २५ लाख धरौटी

काठमाडौं – विशेष अदालतले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको आरोप लागेका सहसचिव