टर्की आक्रमणपछि उत्तरपूर्वी सिरियाबाट तीन लाख विस्थापित | Khabarhub Khabarhub

टर्की आक्रमणपछि उत्तरपूर्वी सिरियाबाट तीन लाख विस्थापित


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेरूत- टर्कीले उत्तरपूर्वी सिरियाको कुर्द नियन्त्रित क्षेत्रमा गरेको आक्रमणको कारण तीन लाखभन्दा बढी व्यक्ति विस्थापित भएको मानव अधिकारवादी संस्थाले जनाएको छ ।

मानव अधिकारवादी संस्था ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’का प्रमुख रमी अब्देल रहमानले यो आक्रमण सुरु भएदेखि तीन लाखभन्दा बढी सर्वसाधारण विस्थापित भइसकेको बताए ।
बाध्य भएर विस्थापित हुने व्यक्तिको सङ्ख्या अझै बढ्नसक्ने पनि उनले जानकारी दिए ।
“विस्थापितले आफन्तसँग सुरक्षित क्षेत्रमा सर्न खोजे पनि उनीहरू बगैँचामा सुतिरहेका छन्,” अब्देल रहमानले भने।

विस्थापितले विभिन्न ४० विद्यालयमा शरण लिइरहेका छन् । कुर्द समुदायको बाहुल्यता रहेको उत्तर तथा उत्तरपूर्वी सिरियामा टर्कीले यही अक्टोबर ९ तारिखदेखि हमला सुरु गरेको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ८ : ३० बजे

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई

निर्वाचनको तयारीमा जुट्यो निर्वाचन कार्यालय

तनहुँ – जिल्ला निर्वाचन कार्यालय तनहुँ आगामी फागुन २१ गते

प्रधानमन्त्रीप्रति असन्तुष्टि जनाउँदै जेन्जी मुभमेन्टले घोषणा गर्‍यो संघर्षको कार्यक्रम

काठमाडौँ- जेन्जी मुभमेन्ट नेपालले देशमा स्थायित्व र सुशासनका लागि निर्णायक