मानव उद्धार केन्द्रमा मृत भेटिए धरानका राई « Khabarhub

मानव उद्धार केन्द्रमा मृत भेटिए धरानका राई


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको गौरादह नगरपालिका–५ महारानिझोडास्थित मानव उद्धार सेवा केन्द्रमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार, मृतक सुनसरीको धरान घर भएका करिब ६५ वर्षीय आनन्द राई हुन्। उनी यसअघि मिति २०८२ साल भदौ २९ गते झापा, दमक नगरपालिका–५ स्थित गोर्खा डिपार्टमेन्ट नजिक वेवारिसे अवस्थामा फेला परेपछि मानव उद्धार सेवा केन्द्र महारानिझोडामा राखिएका थिए।

आज दिउँसो राई सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएका हुन्। मृतकलाई मुटु, कलेजो (लिभर) र पीलिया (जन्डिस)को समस्या रहेको तथा केही समयअघि हर्नियाको अपरेसन समेत गरिएको प्रहरीले जनाएको छ।

शवलाई पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  १० : २५ बजे

सदनको गतिरोध हटाउन विपक्षी दल सहमत

काठमाडौं– विपक्षी दलहरू सदनको गतिरोध हटाउन सहमत भएका छन् ।  

पोखरा महानगरले गर्‍यो सुकुम्वासी परिवारको जीवन बीमा

कास्की– पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुम्वासी तथा न्यून कमाइ भएकाका

भन्सार छलेका ४१ लाख रुपैयाँ बढीका सामान बरामद

लुम्बिनी– रुपन्देही प्रहरीले जिल्लाको भैरहवामा एक व्यापारीको गोदामबाट मंगलबार खानतलासी

लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– प्रहरीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६ जनालाई पक्राउ गरेको

चौँरीको पुच्छरसहित ट्याक्टर चालक पक्राउ

किमाथाङ्का– मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु पाँच लाख ५०