भारतको राजस्थानसँग आज पहिलो खेल खेल्दै नेपाल « Khabarhub

भारतको राजस्थानसँग आज पहिलो खेल खेल्दै नेपाल


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली महिला राष्ट्रिय टिम मैत्रीपूर्ण खेलका लागि यत्तिबेला भारत पुगेको छ। भारतमा ६ वटा मैत्रीपूर्ण क्रिकेट शृङ्खला खेल्न लागेको नेपालले आज पहिलो खेलमा राजस्थानसँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा नेपाली टिम भारत पठाएको छ। नेपालले भारतका तीन टिमसँग दुईदुई खेल खेल्दैछ। आज सुरु भएको खेल नोभेम्बर १९ तारिखसम्म चल्नेछ।

नेपाली टिमले भारतको उत्तराखण्ड, बंगाल र राजस्थानका महिला क्रिकेट टिमसँग प्रतिस्पर्धा गर्न लागेको हो।

नेपाली टिममा कप्तान बर्मासँगै कविता कुँवर, सना प्रवीण, रुबिना क्षेत्री, अलिसा यादव, ईश्वरी विष्ट, रोमा थापा, आश्मिा कर्माचार्य, सबनम राई, बिन्दु रावल, पूजा महतो, लक्ष्मी साउद, मनीषा उपाध्याय, सिमाना केसी, ममता चौधरी रहेका छन्।

भारत भ्रमणमा रहेको नेपालले आज र नोभेम्बर १७ तारिखमा राजस्थानसँग प्रतिस्पर्धा गर्नेछ। शुक्रबार र नोभेम्बर १८ तारिखमा उत्तराखण्डसँग खेल्नेछ भने नोभेम्बर १५ र १९ तारिखमा बंगालसँग भिड्नेछ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ७ : १० बजे

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र