'तत्कालका लागि मन्त्री हेरफर हुँदैन' | Khabarhub Khabarhub

‘तत्कालका लागि मन्त्री हेरफर हुँदैन’


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता दिनानाथ शर्माले मन्त्रीहरुको हेरफेरबारे पार्टीभित्र छलफल भए पनि तत्काल हेरफर नहुने बताए ।

काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा नेता शर्माले मन्त्रिमण्डल पुनर्गठनबारे पार्टीभित्र शीर्ष तहमा छलफल भए पनि कहिले पुनर्गठन गर्ने वा नगर्ने भन्ने निष्कर्ष र निर्णय प्रधानमन्त्रीले गर्ने भएकाले अहिले नै केही भन्न सकिने अवस्था नरहेको बताए ।

नेता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्ष सरकारको नेतृत्व गर्ने स्पष्ट पारे ।

आलोपालोको कुरा उठे पनि अहिले त्यो सम्भावना नरहेको भन्दै उनले अहिले सरकारले धमाधम परिणाम दिन थालेकाले सरकारलाई अस्थिर बनाउन नहुने बताए ।

नेता शर्माले संघीय संसद्को सभामुख पद रिक्त रहेकाले छिटोभन्दा छिटो सभामुख निर्वाचित गरिने बताए । उनले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको क्रममा सरकारले परिपक्व कूटनीति र व्यवहार प्रस्तुत गरेको भन्दै सरकारलाई बधाई दिए ।

प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने दाबी गरे । नेता बस्नेतले चिनियाँ राष्ट्रपति सीको दुई दिने राजकीय नेपाल भ्रमण महत्वपूर्ण रहेको टिप्पणी गरे ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  १० : ०३ बजे

ऊर्जामन्त्री खड्कालाई प्रश्न- लोडसेडिङको तालिका कहिलेदेखि सार्वजनिक गर्नु हुन्छ ?

काठमाडौं- पछिल्लो केही समययता देशभर बिनाजानकारी बिजुली जाने क्रम बढेको

नागरिक उड्डयन र हवाई सेवासम्बन्धी विधेयक यसै अधिवेशनमा पारित गर्ने सरकारको नीति

काठमाडौं– सरकारले नागरिक उड्डयन र हवाई सेवासम्बन्धी विधेयक यसै अधिवेशनमा

सरकारले नीति तथा कार्यक्रम गुणात्मक ल्याउछ भन्ने अपेक्षा थियो : बाबुराम भट्टराई

काठमाडौं– नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

माओवादीले भन्यो- नीति तथा कार्यक्रममा नयाँपन छैन, जनतामा आशा जगाउन सक्दैन 

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकारको आगामी

जापानको बेरोजगार दर २.५ प्रतिशत

टोकियो– जापानको औसत बेरोजगारी दर अघिल्लो वर्षको तुलनामा ०.१ प्रतिशत