साकेलामा बाँसकलासम्बन्धी उद्योग स्थापना « Khabarhub

साकेलामा बाँसकलासम्बन्धी उद्योग स्थापना


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

खोटाङ– गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रम (मेडपा) अन्तर्गत साकेला गाउँपालिकामा बाँसकलासम्बन्धी उद्योग स्थापना भएको छ ।

गाउँपालिका प्रमुख रविप्रकाश राईले बुधबार उद्योग उद्घाटन गर्दै स्थानीय स्रोतको अधिकाधिक उपयोगबाट नै समृद्धितर्फको यात्रा सम्भव हुने बताए ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर राईको अध्यक्षतामा सञ्चालन गरिएको उद्योग स्थापना कार्यक्रममा वडा नम्बर–२ रतन्छाका वडाध्यक्ष जीतेन्द्रकुमार राई, वडा नम्बर ३ का वडाध्यक्ष गोविन्द तामाङ, इलाका प्रहरी कार्यालय मात्तिम बिर्ताका प्रमुख प्रहरी नायब निरीक्षक फाइदलसिं लिम्बू, गाउँपालिकाका सूचना अधिकारी डिएम चाम्लिङ राईलगायत जनप्रतिनिधि र लघुउद्यमसँग सम्बन्धित स्थानीयको सहभागिता थियो ।

उद्योग स्थापनाका लागि गाउँपालिकाले गत आर्थिक वर्ष सबै वडाका उद्यमीहरुलाई सहभागी गराएर बाँसकलासम्बन्धी तालिम सञ्चालन गरेको थियो ।

कोशी प्रदेश सरकार, कृषि उद्योग मन्त्रालयको बहुवर्षे योजनाअन्तर्गत स्थापना गरिएको उद्योगका लागि यस वर्ष १० लाख रकम उपलब्ध रहेको गाउँपालिकाका लेखा शाखा प्रमुख उत्तम आचार्यले जानकारी दिए । (रासस)

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ११ : २८ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको