प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न (तस्बिरहरू) « Khabarhub

प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न (तस्बिरहरू)


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक दान बहादुर कार्कीलाई दर्ज्यानी चिन्हबाट सुशोभित गरिएको छ।

उनलाई गृहसचिव रामेश्वर दंगालले मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा आईजीपी पदको दर्ज्यानी चिह्न लगाइदिए ।

कार्कीले बिहीबारदेखि नै प्रहरीको कमाण्ड सम्हाल्दैछन्। ३२ औँ महानिरीक्षक चन्द्रकुबेर खापुङ ३० वर्षे सेवाहदका कारण बुधबार अनिवार्य अवकाशमा गएपछि कार्की महानिरीक्षक बनेका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई महानिरीक्षक बनाएको थियो ।

उनले बिहीबार नै गृह मन्त्रालयमा गृहसचिव रामेश्वर दंगालबाट दर्ज्यानी चिन्ह ग्रहण गरेकाले दिउँसो प्रहरी हेडर्क्वाटर नक्सालमा पदभार ग्रहण गर्नेछन् ।

३३ औँ महानिरीक्षकमा कार्कीले २०८४ चैत १७ सम्म अर्थात् करिब २९ महिना नेपाल प्रहरीको नेतृत्व गर्नेछन्। गत भदौ १९ गतेपछि ६९ दिन नेतृत्व आएका खापुङले जेन-जी आन्दोलनका नाममा भएको विध्वंश र हिंसाको सामना गर्दै बिदा भएका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ११ : ३३ बजे

शिवशिखर सहकारीका २१६ जना पीडितले पाए बचत फिर्ता

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका थप साना बचतकर्ताको रकम फिर्ता

सामाजिक सञ्जालमार्फत होटलमा यौन धन्दा, १२ युवतीसहित १६ जना पक्राउ

काठमाडौँ । काठमाडौँमा सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य

निर्वाचन क्षेत्र रणनैतिक सडकः विगतको दायित्व भुक्तानी गर्न २ अर्ब

काठमाडौँ । सरकारले निर्वाचन क्षेत्र रणनैतिक सडकको विगतका आर्थिक वर्षको

महावीरले मागेको मन्त्रालय पाउँदा रास्वपाकै सांसद जिल्लिए

काठमाडौं- झण्डै दुईतिहाइ बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको बलियो