प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न (तस्बिरहरू) « Khabarhub

प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न (तस्बिरहरू)


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक दान बहादुर कार्कीलाई दर्ज्यानी चिन्हबाट सुशोभित गरिएको छ।

उनलाई गृहसचिव रामेश्वर दंगालले मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा आईजीपी पदको दर्ज्यानी चिह्न लगाइदिए ।

कार्कीले बिहीबारदेखि नै प्रहरीको कमाण्ड सम्हाल्दैछन्। ३२ औँ महानिरीक्षक चन्द्रकुबेर खापुङ ३० वर्षे सेवाहदका कारण बुधबार अनिवार्य अवकाशमा गएपछि कार्की महानिरीक्षक बनेका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई महानिरीक्षक बनाएको थियो ।

उनले बिहीबार नै गृह मन्त्रालयमा गृहसचिव रामेश्वर दंगालबाट दर्ज्यानी चिन्ह ग्रहण गरेकाले दिउँसो प्रहरी हेडर्क्वाटर नक्सालमा पदभार ग्रहण गर्नेछन् ।

३३ औँ महानिरीक्षकमा कार्कीले २०८४ चैत १७ सम्म अर्थात् करिब २९ महिना नेपाल प्रहरीको नेतृत्व गर्नेछन्। गत भदौ १९ गतेपछि ६९ दिन नेतृत्व आएका खापुङले जेन-जी आन्दोलनका नाममा भएको विध्वंश र हिंसाको सामना गर्दै बिदा भएका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ११ : ३३ बजे

रास्वपाका समानुपातिक उम्मेदवार : क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ११० जनाको सूची निर्वाचन

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ