प्रहरी सहायक निरीक्षक चौधरी घुससहित नियन्त्रणमा « Khabarhub

प्रहरी सहायक निरीक्षक चौधरी घुससहित नियन्त्रणमा


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपोग अनुसन्धान आयोगले अस्थायी प्रहरी पोष्ट, कठुरधार महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक वृजेशप्रसाद चौधरीलाई १३ हजार घुस रकमसहित आज नियन्त्रणमा लिएको छ।

नेपाल भारत सीमा बजारबाट घरमा प्रयोग गरिने सामान खरीद गरी ल्याउन सहज गराइदिन्छु भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको बर्दिबासबाट कार्यालयबाट खटिएको टोलीले निज चौधरीलाई नियन्त्रणमा लिएको हो।

घुस रकमसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिइएका चौधरीको अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसैगरी अख्तियारले नापी कार्यालय भक्तपुरमा कार्यरत नापी सर्भेक्षकद्वय सिद्धराज जोशी र वीरभद्र जोशी उपर आरोपपत्र दायर गरेको छ।

जोशीले जग्गा हालसाविक गर्न नापी कार्यालय भक्तपुरबाट तोक आदेश भई फिल्डमा जाँच गर्ने क्रममा फिल्ड खर्च भनी सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाको आधारमा आयोग टङ्गालबाट खटिएको टोलीले निज सर्भेक्षक जोशीलाई आठ हजार घुसबापतको रकमसहित नियन्त्रणमा लिएको हो।

उनीहरुलाई भ्रष्टाचार ऐनबमोजिम जरिवाना र कैद सजाय हुन माग दाबी गर्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

त्यस्तै सब डिभिजन वन कार्यालय, प्रतापपुर नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का सहायक वन अधिकृत पर्शुराम चौधरी उक्त वन कार्यालय रहेका घरधनी मनोजकुमार शर्मा उपर आरोपपत्र दायर गरिएको छ।

अभियुक्तद्वयलाई सेवाग्राहीसँग ६५ हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो। भ्रष्टाचार ऐनबमोजिम जरिवाना र कैद सजायको मागदाबी गर्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  १० : १६ बजे

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया