बार्सिलोना र रियलबीचको एल क्लासिको खेल स्थगित « Khabarhub

बार्सिलोना र रियलबीचको एल क्लासिको खेल स्थगित


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनिस फुटबल महासंघले बार्सिलोना र रियल मड्रिडबीच तय गरेको एल क्लासिको खेल स्थगित गरेको छ ।

क्याटलोनियामा भएको प्रदर्शनलाई लिएर असुरक्षाको कारण देखाउँदै एल क्लासिको खेल स्थगित गरिएको हो । क्याटलोनियायमा केही दिन यता आन्दोलनकारी र सुरक्षा निकायबीच झडप हुँदै आएको छ ।

खेल बार्सिलोनाको घरेलु मैदान नाउ क्यापमा अक्टोबर २६ तारिखका लागि तय गरिएको थियो ।

स्पेनिस फुटबल महासंघले एल क्लासिको रियल मड्रिडको मैदान सार्न प्रस्ताव गरेको थियो । तर दुवै क्लबले सो प्रस्तावलाई अस्वीकार गरेको थिए ।

स्थगित खेलका विषयमा आगामी सोमबार छलफल हुने र खेल कहिले हुने भन्ने सोही दिन टुंगो लाग्ने ला लिगाले जनाएको छ । स्थगित खेल डिसेम्बर १८ मा खेलाउन नयाँ मिति प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ७ : ०६ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र