नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत  « Khabarhub

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत 


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले सूचीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए । 

आठ वर्षे अवधिको ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर पाइनेछ । एक हजार रुपैयाँ अंकित मूल्यका दरले ३० लाख कित्ताले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको यस ऋणपत्र दोस्रो बजारमा बिहीबारदेखि कारोबार सुरु भएको  बैंकले जानकारी दिएको छ । 

ऋणपत्र रजिस्ट्रार सेवासम्बन्धी काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ ।  

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ११ : १८ बजे

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला

गाजामा सहायता समूहलाई रोक्नु ‘अपमानजनक’ कार्य

एजेन्सी– गाजामा दर्जनौं सहायता समूहहरूलाई जनवरीदेखि सञ्चालन गर्नबाट रोक्ने इजरायलको

मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा

गण्डकी– मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार