चीनको औद्योगिक उत्पादन अक्टोबरमा ४.९ प्रतिशतले वृद्धि « Khabarhub

चीनको औद्योगिक उत्पादन अक्टोबरमा ४.९ प्रतिशतले वृद्धि


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनको आधिकारिक तथ्याङ्कअनुसार औद्योगिक उत्पादन अक्टोबरमा वार्षिक आधारमा ४.९ प्रतिशतले बढेको छ ।

यस वर्षको पहिलो १० महिनामा, चीनको औद्योगिक उत्पादन गत वर्षको उही अवधिसँग तुलना गर्दा ६.१ प्रतिशतले वृद्धि भएको राष्ट्रिय तथ्याङ्क ब्यूरोले जनाएको छ ।

औद्योगिक उत्पादन ठूलो उद्यमहरूको गतिविधि मापन गर्न प्रयोग गरिन्छ, जसको वार्षिक मुख्य व्यापार कारोबार कम्तीमा २० करोड युआन (करिब २.८ करोड अमेरिकी डलर) हुनुपर्छ ।

तथ्याङ्कको विवरण अनुसार, गत महिनामा निर्माण क्षेत्रको मूल्य–संवृद्ध उत्पादन ४.९ प्रतिशतले वृद्धि भएको छ भने खानी क्षेत्र ४.५ प्रतिशतले बढेको छ । बिजुली, ग्यास र पानी उत्पादन तथा आपूर्ति क्षेत्रको मूल्य–संवृद्ध उत्पादन ५.४ प्रतिशतले बढेको छ । रासस

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  १ : ३९ बजे

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित

रास्वपामा कसरी टिक्ला बालेनको स्वभाव ?

काठमाडौं– ०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा काठमाडौंको

कुलमानसँग एकता सहमति, बालेनपछि उज्यालो नेपाल पनि रास्वपामा समाहित हुँदै

काठमाडौं- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि रवि लामिछाने