हत्या आरोपमा एक जना पक्राउ « Khabarhub

हत्या आरोपमा एक जना पक्राउ


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ बेल्वानीका ३५ वर्षीय राजकुमार बाँसफोरको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उनकै आफन्त प्रतापपुर गाउँपालिका–६ का २१ वर्षीय सञ्जय डोम रहेका छन् ।

राजकुमारको शव मङ्गलबार प्रतापपुर गाउँपालिकाको गुठीप्रसौनीस्थित नहरको पानीमा घोप्टो परेको अवस्थामा फेला परेको थियो । उनको हत्या भएको आशङ्कामा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

घटनास्थल नजिकै भारतीय नम्बरप्लेटको मोटरसाइकल, घडी, रगत र मोबाइल फेला परेको थियो । मृतकको टाउको, आँखा र हातमा चोट लागेको छ ।

पक्राउ परेका डोमले हत्या गरेको स्वीकार गरेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । सोमबार राति दुवै पक्षबीच सामान्य कुरामा वादविवाद भएपछि आफूले धारिलो हतियार प्रयोग गरी हत्या गरेको डोमले बयान दिएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  १० : २८ बजे

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।

रास्वपा सिध्याउन राज्यका सबै अंग प्रयोग गरियो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले यसअघिको

जेनजी आन्दोलनबारे रास्वपा : फोहोरी तलाउमा युवा आक्रोश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

आफूमाथिका मुद्दा र आरोपबारे रवि : नांगो राजनीतिक प्रतिशोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा सभापति