शेन्ज्होउ–२० अन्तरिक्ष यात्रीहरू बेइजिङ फर्किए | Khabarhub Khabarhub

शेन्ज्होउ–२० अन्तरिक्ष यात्रीहरू बेइजिङ फर्किए


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ‘शेन्ज्होउ–२०’ मिशनको सफलतापूर्वक समापनपछि, तीनजना अन्तरिक्ष यात्री शुक्रबार विमानमार्फत बेइजिङ फर्किएका छन् ।

‘शेन्ज्होउ–२०’ चिनियाँ अन्तरिक्ष मिशन हो, जुन तीन अन्तरिक्ष यात्रीहरू अन्तरिक्ष स्टेशनमा पठाउन सन् २०२५ को अप्रिल महिनामा प्रक्षिप्‍त गरिएको थियो । मिशनको मुख्य उद्देश्य अन्तरिक्षमा जीवन यापन गर्ने प्रविधि र भविष्यका मिशनहरूको तयारी गर्नु थियो ।

अन्तरिक्ष यात्रीहरू चेन डङ, चेन झोंग्रुई र वाङ जे शेन्ज्होउ–२१ यानमा सुरक्षित रूपमा पृथ्वीमा अवतरण गरेका थिए । यान शनिबार बेलुकी ४ः४० बजे उत्तर चीनको इनर मङ्गोलिया स्वायत्त क्षेत्रको डोङफेङ अवतरण स्थलमा अवतरण गर्यो । यानबाट चालक दलका सदस्यहरूले ५ः२१ बजे बाहिर निस्केका थिए ।

चालक दलले २०४ दिन कक्षमा बिताएपछि सबैको स्वास्थ्य राम्रो रहेको  र रिटर्न मिशन सफल भएको चीन म्यान्ड स्पेस एजेन्सी (सीएमएसए) ले जनाएको छ ।

अब यी अन्तरिक्ष यात्रीहरू चिकित्सकीय क्वारेन्टिनमा प्रवेश गर्नेछन्, जहाँ उहाँहरूको स्वास्थ्य परीक्षण र मूल्यांकन गरिनेछ । क्वारेन्टिन अवधि पछि उनीहरूले बेइजिङमा मिडियासँग भेट गर्ने कार्यक्रम तय गरिएको छ ।
 

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ४ : ३१ बजे

सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा

बङ्गलादेशमा एक अल्पसङ्ख्यक इस्लामिक सम्प्रदायद्वारा प्रदर्शन

एजेन्सी– बङ्गलादेशको राजधानीमा शनिबार दशौँ हजार प्रदर्शनकारीहरू भेला भई चुनावअघि

मानवकल्याण नै सबैभन्दा ठूलो धर्म : प्रदेश प्रमुख भट्ट

गण्डकी– गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मानवकल्याण नै सबैभन्दा ठूलो

धरानमा अर्थोडोन्टिकसम्बन्धी १६ औँ अन्तर्राष्ट्रिय सम्मेलन

धरान– धरानमा अर्थोडोन्टिकसम्बन्धी १६औँ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।