इराकमा आदिवासीबीच झडप, आठ जनाको मृत्यु | Khabarhub Khabarhub

इराकमा आदिवासीबीच झडप, आठ जनाको मृत्यु


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मध्य इराकमा कृषि जग्गाको विवादलाई लिएर भएको आदिवासी झडपमा आठ जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएको वासित प्रान्तका एक सुरक्षा अधिकारीलाई उदृत गर्दै शनिबार एएफपीले जनाएको छ ।

शनिबार खेसान गाउँमा बेदुइन जनजातिका सदस्यहरू बिच कृषि जग्गाको विषयलाई लिएर विवाद सुरु भएको एक जना अधिकारीले नाम नछाप्न अनुरोध गर्दै पुष्टि गरेका छन् । अधिकारीले विवादमा संलग्न व्यक्तिहरू मध्येका केही मानिसहरूको मृत्यु तथा घाईते भएकोसमेत पुष्टि गरेका छन् । 

उक्त क्षेत्रमा स्थिति समाधानका लागि धेरै सङ्ख्यामा सुरक्षा अधिकारीहरू तैनाथ गरिएको भएता पनि  झडप भने अझै बन्द नभएको जनाइएको छ  । 

इराकमा लामो समय देखि स्थानीय आदिवासी समुदायका बीचमा वेमेलका कारण पटक–पटक झडप हुने गरेको तथा युद्धले ग्रस्त देशमा सामान्य विषयमा घातक झडपहरू हुने गरेको जनाइएको छ ।  

इराकी शासक सद्दाम हुसेनलाई अपदस्थ गर्ने गरी अमेरिकी नेतृत्वमा भएको सन् २००३ को आक्रमण पछि सुरु भएको निरन्तरको लामो हिंसा पछि इराकले हालै मात्र स्थिरताको आभास पुनः प्राप्त गर्न थालेको जनाइएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ४ : ५७ बजे

सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा

बङ्गलादेशमा एक अल्पसङ्ख्यक इस्लामिक सम्प्रदायद्वारा प्रदर्शन

एजेन्सी– बङ्गलादेशको राजधानीमा शनिबार दशौँ हजार प्रदर्शनकारीहरू भेला भई चुनावअघि

मानवकल्याण नै सबैभन्दा ठूलो धर्म : प्रदेश प्रमुख भट्ट

गण्डकी– गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मानवकल्याण नै सबैभन्दा ठूलो

धरानमा अर्थोडोन्टिकसम्बन्धी १६ औँ अन्तर्राष्ट्रिय सम्मेलन

धरान– धरानमा अर्थोडोन्टिकसम्बन्धी १६औँ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।