इराकमा आदिवासीबीच झडप, आठ जनाको मृत्यु « Khabarhub

इराकमा आदिवासीबीच झडप, आठ जनाको मृत्यु


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मध्य इराकमा कृषि जग्गाको विवादलाई लिएर भएको आदिवासी झडपमा आठ जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएको वासित प्रान्तका एक सुरक्षा अधिकारीलाई उदृत गर्दै शनिबार एएफपीले जनाएको छ ।

शनिबार खेसान गाउँमा बेदुइन जनजातिका सदस्यहरू बिच कृषि जग्गाको विषयलाई लिएर विवाद सुरु भएको एक जना अधिकारीले नाम नछाप्न अनुरोध गर्दै पुष्टि गरेका छन् । अधिकारीले विवादमा संलग्न व्यक्तिहरू मध्येका केही मानिसहरूको मृत्यु तथा घाईते भएकोसमेत पुष्टि गरेका छन् । 

उक्त क्षेत्रमा स्थिति समाधानका लागि धेरै सङ्ख्यामा सुरक्षा अधिकारीहरू तैनाथ गरिएको भएता पनि  झडप भने अझै बन्द नभएको जनाइएको छ  । 

इराकमा लामो समय देखि स्थानीय आदिवासी समुदायका बीचमा वेमेलका कारण पटक–पटक झडप हुने गरेको तथा युद्धले ग्रस्त देशमा सामान्य विषयमा घातक झडपहरू हुने गरेको जनाइएको छ ।  

इराकी शासक सद्दाम हुसेनलाई अपदस्थ गर्ने गरी अमेरिकी नेतृत्वमा भएको सन् २००३ को आक्रमण पछि सुरु भएको निरन्तरको लामो हिंसा पछि इराकले हालै मात्र स्थिरताको आभास पुनः प्राप्त गर्न थालेको जनाइएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ४ : ५७ बजे

बैठक बस्न नसकेपछि पार्टी कार्यलयबाट निस्किए केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालय

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

मस्को- युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहेका बेला क्रेमलिनको सत्तामाथिको

देवानगञ्जमा युवकलाई गोली हानिएको घटना प्रहरीले किन लुकायो ?

विराटनगर- सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा शनिबार भएको घटनामा स्थानीय निरजकुमार

उपासनाको एकतर्फी प्रेममा सोनम, यस्तो छ ‘जलाकी’को फष्टलुक टिजर

काठमाडौं– अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नयाँ नेपाली

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

रियाद– यमनमा द्वन्द्व पुनः सुरु भएयता पहिलो पटक साउदी राजधानी