सबै स्थानीय तहमा युवा परिषद् गठन गर्न आग्रह « Khabarhub

सबै स्थानीय तहमा युवा परिषद् गठन गर्न आग्रह


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय युवा परिषद्ले सबै स्थानीय तहलाई ‘स्थानीय युवा परिषद्’ गठन गर्न आग्रह गरेको छ।

परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले स्थानीय तहमा युवा परिचालन र युवा सरोकारका विषयमा काम गर्न र युवामैत्री शासनको प्रवर्धन गर्न स्थानीय युवा परिषद् गठन गर्न थालिएको बताए। उनले स्थानीय तहमा नै युवा जनशक्तिलाई जागरुक बनाउनका लागि स्थानीय तहमा युवा परिषद् गठन गर्न थालिएको बताए।

उनका अनुसार ३६ वटा स्थानीय तहमा कार्यविधि बनाएर युवा परिषद् गठन गरिसकेका छन्। ‘सबै स्थानीय तहमा परिषद् गठन गर्न नमूना कार्यविधि बनाएर पठाएका छौँ। ती नमूनाका आधारमा कार्यविधि बनाएर स्थानीय तहमा परिषद् गठन हुनेछन्,’ उनले भने, ‘चाँडै पालिका अग्रसर भएर परिषद् गठन हुनेछन्।’

परिषद्ले स्थानीय तह युवा परिषद् गठनका लागि ‘स्थानीय युवा परिषद् गठन, परिचालन र युवामैत्री शासन सहजीकरण सामग्री २०८२’ (नमूना), ‘युवामैत्री शासन २०८२’ र ‘स्थानीय तह युवा क्लब गठनसम्बन्धी निर्देशिका २०८२’ (नमूना) बनाएर सबै स्थानीय तहमा पठाएको छ।

यस्तै बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा प्रदेश युवा परिषद् गठन गरिएको छ। सरकारले युवाको नेतृत्व तथा क्षमता विकास, उद्यमशीलताको विकास र स्वरोजगार, युवाको पहुँच र सहभागिताको सुनिश्चिततासँगै समृद्ध राष्ट्र निर्माण गर्ने उद्देश्यसहित २०७२ फागुन १९ गते राष्ट्रिय युवा परिषद् गठन गरेको हो।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ९ : १४ बजे

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र

इजरायली मन्त्रीद्वारा गाजा-लेबनानका क्षेत्र गाभ्न आह्वान

जेरुसेलम – इजरायलका अति–दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले गाजा पट्टी र

बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

बागलुङ – बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको

जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति मिराज ढुंगानाको आपत्ति

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले राति निवासबाट नियन्त्रणमा लिएको