धार्चेले मासुजन्य उत्पादनको आधारमा अनुदान दिने « Khabarhub

धार्चेले मासुजन्य उत्पादनको आधारमा अनुदान दिने


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गोरखा- जिल्लाको धार्चे गाउँपालिकाले मासुजन्य उत्पादनको आधारमा कृषकहरुलाई अनुदान दिने भएको छ। पालिकाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार पालिकाले ‘मासुजन्य उत्पादनका आधारमा नगद अनुदान कार्यक्रम’ संचालन गर्न लागेको हो।

कृषकहरुलाई प्रोत्साहन गरी पालिकामा उत्पादित मासु बाहिर निर्यात गर्ने उद्देश्यसहित उत्पादनमा आधारित अनुदान कार्यक्रम संचालन गर्न लागिएको पालिकाको पशु शाखाका हर्कबहादुर कार्की बताए। कार्कीका अनुसार पालिकाले खसि/बोका वा भेडाको मासुमा प्रतिकेजी ३० रुपैँया अनुदान उपलब्ध गराउने छ।

अनुदान लिनका लागी कृषक/निजि फर्म/समुह/कृषि सहकारीहरुले न्युनतम २० वटा वयस्क बाख्रा/भेडा पालेको हुनुपर्दछ। यस्तै, बिक्री भएको खसि/बोका वा भेडालाई न्युनतम ६ महिना पालेको हुनुपर्ने प्रावधान छ।

गाउँपालिकाले पाडा/राँगाको मासुमा प्रतिकेजी २० रुपैँया अनुदान दिने पशु शाखाको कार्कीले बताए। पाडा र राँगाको अनुदान लिन कृषकले वार्षिक रुपमा न्युनतम ४०० केजी मासु उत्पादन गर्नुपर्ने प्रावधान रहेको उनले जानकारी दिए। बँगुरको मासुमा पनि पालिकाले प्रतिकेजी रु २० रुपैँया अनुदान दिने भएको छ।

वार्षिक रुपमा न्युनतम १०० केजी बँगुरको मासु उत्पादन गर्ने कृषक/कृषि समूह वा सहकारीलाई मात्र अनुदान दिने पालिकाले उल्लेख गरेको छ।

धार्चेले ब्रोइलर कुखुरामा प्रति चल्ला ७० रुपैँया र स्थानीय जातको कुखुरामा प्रतिकुखुरा १०० रुपैँया अनुदान दिने भएको छ। एक लटमा कम्तिमा १०० वटा ब्रोइलर कुखुरा पालेका कृषकहरुले मात्र अनुदान पाउने छन्। लोकल कुखुराको अनुदान लिन कृषकहरुले कम्तिमा ३० वटा कुखुरा पालेको हुनुपर्दछ।

पालिकाले माछामा पनि अनुदान दिने भएको छ। माछमा प्रतिकेजी ३० रुपैँया अनुदान दिने पालिकाको पशु शाखाका हर्कबहादुर कार्कीले बताए। कम्तिमा १०० वर्गमिटर क्षेत्रफलमा माछा पालन गरेका कृषकहरुले मात्रै अनुदान पाउने बताइएको छ। मासुजन्य उत्पादनमा आधारित प्रोत्साहन रकम लिनका लागि कृषक/निजी फर्म/समुह/कृषि सहकारीहरुले यही मंसिर १२ गतेभित्र आवश्यक कागजातसहित वडा कार्यालय वा पशु सेवा शाखाका सम्पर्क गर्नुपर्ने गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ११ : ०१ बजे

इरान जाने क्रममा १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

हेरात– इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिमी अफगानिस्तानको

अलविदा निम्सदाइ !

काठमाडौं- पर्वतारोहण क्षेत्रमा सुपरिचित ४३ वर्षीय आरोही निर्मल पुर्जा (निम्सदाइ)

अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि

भद्रपुर– अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकडभिट्टा नाकाबाट

निर्मल पुर्जासहित मृत आरोहीलाई प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत् दिए श्रद्धाञ्जली

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले पाकिस्तानको ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’

तीव्र हावाका कारण ग्रीसमा डढेलो नियन्त्रण चुनौतीपूर्ण

एथेन्स– तीव्र हावाहुरीका कारण ग्रीसमा फैलिएको डढेलो नियन्त्रण गर्न कठिनाइ