कतारले विदेशी श्रमिकको न्यूनतम तलब तोक्न कानून बनायो | Khabarhub Khabarhub

कतारले विदेशी श्रमिकको न्यूनतम तलब तोक्न कानून बनायो


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कतार सरकारले विदेशी श्रमिकको न्यूनतम तलब निधारण गर्ने कानुन पारित गरेको छ । सन् २०२२ को विश्वकप फुटबलको आयोजक राष्ट्र कतार खाडी क्षेत्रमा आप्रवासी श्रमिकको न्यूनतम तलबबारे कानून बनाउने पहिलो देशभित्र परेको छ ।

कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिलामन्त्री युसुफ मोहम्मद अल ओथमान फक्ह्रोले बुधबारको मन्त्रिपरिषद बैठकले आप्रवासी कामदारको न्यूनतम तलब निर्धारण गर्न बनेको मस्यौदालाई पारित गरेको जानकारी सञ्चारमाध्यमार्फत गराएका थिए । बुधबार पारित भएको नयाँ कानून सन् २०२० जनवरीदेखि कार्यान्वयन गर्ने बताएको छ ।

खाडी मुलुकमा न्यूनतम तलब तोक्ने विषयमा नेपाल सरकार र सम्वन्धित मुलुकको निर्णय फरक देखिने गरेको छ । अन्तराष्ट्रिय श्रम संगठन आइएलओले कतार सरकारको पछिल्लो निर्णयलाई कामदारका हितमा महत्वपूर्ण उपलब्धि भन्दै स्वागत गरेको छ ।

कतारमा विभिन्न ३६ देशका २५ लाख बढी कामदारले रोजगारी गरिरहेका छन् । कतारले सबै मुलुकका कामदारको तलब बरावरी हुने बताएको छ । तर पश्चिमा मुलुकका सञ्चारमाध्यमहरु नेपाली कामदार सबैभन्दा बाढी मारमा परेको भन्दै पटक पटक आफ्ना समाचारका विषय बनाउने गरेका छन् ।

रोजगारीका लागि कतार जाने नेपाली अदक्ष कामदारको तलब न्युनतम ९ सय कतारी रियाल तोकेपनि कतारका रोजगारदाताले ७ सय ५० रियाल मात्रै दिने गरेका छन् ।
हाल कतारमा ५ लाख नेपाली कार्यरत रहेका छन् । नयाँ कानूनले उनीहरुसहित रोजगारीका लागि जाने नयाँ कामदारहरु पनि लाभान्वित हुने छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  १२ : १३ बजे

राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समितिको अध्यक्षमा ढकाल चयन

काठमाडौं– राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको सञ्चालक समितिले देवकुमार ढकाललाई अध्यक्ष

साफ यु–२० महिला च्याम्पियनसिप : नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं– २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आफ्नो पाँचौँ

काँक्रोखेतीमा रमाउँदै पौडेल दाजुभाइ

स्याङ्जा– स्याङ्जाका दुई दुई दाजुभाइले व्यावसायिक रूपमा काँक्रोखेती थालेका छन्

कञ्चनपुर कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएको

जो बने संसारकै आदर्श पुरुष

औपचारिक परिचय दक्षिण अफ्रिकाको पहिलो जननिर्वाचित राष्ट्रपति हो। तीनै नेल्सन