कैलालीको ‘टीकापुर पार्क’ : प्रचार नहुँदा ओझेलमा (फोटोफिचर) « Khabarhub

कैलालीको ‘टीकापुर पार्क’ : प्रचार नहुँदा ओझेलमा (फोटोफिचर)


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको टीकापुरमा २०२८ सालमा स्थापना गरिएको टीकापुर पार्कमा घुम्न र हेर्नलायक धेरै कुरा छन् ।

पार्कमा महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम बाटिका, ऐश्वर्य उद्यान, वीरेन्द्र विश्राम वाटिका लगायतका संरचना छन् । त्यसबेलाका राजाहरू यहाँ आएर बसेका कारण उनीहरूकै नाममा संरचना बनाइएको छ ।

टीकापुर बजारदेखि दक्षिणपूर्वी क्षेत्रमा रहेको यो पार्कमा तत्कालीन राजा महेन्द्रले एक महिना बसेर स्वास्थ्य लाभ गरेका थिए ।

राजालाई आराम गर्नको लागि रातारात काठको घर बनाइएको थियो । त्यही घर महेन्द्र आरोग्य गृह हो । राजा महेन्द्रले त्यसबेला टीकापुरबाटै राजकाज चलाएका थिए । पछि राजा वीरेन्द्रका लागि पनि वीरेन्द्र विश्राम बाटिका बनाइयो ।

२०२८ सालमा भौतिक योजना तथा निर्माण मन्त्रालय अन्तर्गत टीकापुर विकास समिति स्थापना भयो । समितिलाई १ सय ७३ बिघासहित सहरी विकास गर्ने अधिकार सरकारले दिएको थियो । पार्क अहिले ८५ बिघामा फैलिएको छ । जसमध्ये बंगला क्षेत्र, नर्सरी र बगैँचाले करिब १३ बिघा ओगटेको छ ।

पार्कमा रहेका गुलाब र पार्कसँगैको कर्णाली नदीले पनि पर्यटकलाई लोभ्याइरहेको छ । कर्णाली किनारमा अवस्थित गुलाबको बगैँचाका रुपमा परिचित टीकापुर पार्कमा वनभोज खानेहरूको पनि भीड लाग्छ । यो पार्कको नौ बिगाहा क्षेत्रफलमा फलफूल र फूलको बगैँचा छ ।

पूर्व–पश्चिम हुलाकी राजमार्ग अन्तर्गत बर्दिया र कैलाली जोड्ने राजापुरस्थित सतिघाटमा पुल निर्माण भएको छ । बर्दिया सदरमुकाम गुलरियाबाट ३८ किलोमिटर पश्चिममा राजापुर र सतिघाट जोड्ने पुल पर्दछ । यो पुल सञ्चालन भएपछि टीकापुर पुग्ने पर्यटक उल्लेख्य बढ्ने अपेक्षा गरिएको थियो । तर त्यस अनुसार बढ्न सकेका छैनन् ।

टीकापुर पार्क नेपालकै सबैभन्दा ठूलो मानव निर्मित पार्क हो । यहाँ घुम्नका लागि अनेक संरचना छन् । तैपनि अपेक्षाकृत रुपमा यहाँ पर्यटक बढ्न सकेका भने छैनन् । यसका लागि प्रभावकारी प्रचारप्रसार हुन नसकेको स्थानीय सरोकारवालाको बुझाइ छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ९ : २२ बजे

जेन-जी आन्दोलन : ओली, लेखक र खापुङलाई १० वर्षसम्म कैद गर्न आयोगको सिफारिस

काठमाडौं- गत भदौ २३-२४ को जेन-जी आन्दोलनका क्रममा भएको हताहती

राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित

कानुनी लडाइँ जितेर डाक्टर बनेका तीन फुटे गणेश

के एउटा मानिसको उचाइले उसको क्षमताको मापन गर्न सक्छ ?

सुनको मूल्यमा १४ हजार ६०० रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो वृद्धि भएको छ

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

मकवानपुर– कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका– ११ घट्टेपाखामा आज बिहान ट्रक दुर्घटना