एसिया राइजिङ स्टार्स : भारतलाई आठ विकेटले हराउँदै पाकिस्तान सेमिफाइनलमा « Khabarhub

एसिया राइजिङ स्टार्स : भारतलाई आठ विकेटले हराउँदै पाकिस्तान सेमिफाइनलमा


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिया कप राइजिङ स्टार्समा भारत ‘ए’ लाई हराउँदै पाकिस्तान ‘ए’ सेमिफाइनल प्रवेश गरेको छ। आइतबार राति सम्पन्न खेलमा पाकिस्तानले भारतलाई आठ विकेटले हराएको हो।

सुरुमा ब्याटिङ गरेको भारत ‘ए’ले १९ ओभर खेल्दा सबै विकेट गुमाएर १३६ रन बनाएको थियो। उसका लागि ओपनर वैभव सूर्यवंशीले सर्वाधिक ४५ रन जोड्दा नमन धिरले ३५ रन थपे। हर्ष दुवेले १९ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्।

पाकिस्तानका लागि शाहिद अजिजले तीन विकेट हात पार्दा साद मसुद र माज सदाकातले समान दुईदुई विकेट लिए।

१३७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १३ ओभर दुई बल खेल्दा आठ विकेटको जित निकालेको हो। उसका लागि ओपनर माज सदाकतले अर्धशतकीय इनिङ्स खेले। ४७ बल खेल्दा चार छक्का र सात चौका हिर्काएका उनले ७९ रन बनाएका हुन्।

अलराउन्ड सदाकतको उत्कृष्ट प्रदर्शनले पाकिस्तान भारतलाई हराउँदै एक खेल अगाडि नै सेमिफाइनलमा पुगेको हो। समूह ‘बी’मा रहेको पाकिस्तान चार अंकसहित शीर्ष स्थानमा छ भने समान खेल खेलेको भारले दुई अंक मात्र जोडेको छ। यो समूहमा रहेको ओमानलेसमेत दुई अंक जोडेको छ। यो समूहमा भारत, पाकिस्तान, यूएई र ओमान छन्।

समूह ‘ए’मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र हङकङ छन्। यो समूहबाट बंगलादेश र अफगानिस्तानले दुईदुई अंक जोड्दा हङकङ र श्रीलंका अंकबिहीन छन्।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ९ : ४० बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस