मक्काबाट मदिना जाँदै गरेका भारतीय तीर्थयात्री सवार बस दुर्घटना, कम्तीमा ४२ जनाको मृत्यु, बाँच्न सफल भए चालक « Khabarhub

मक्काबाट मदिना जाँदै गरेका भारतीय तीर्थयात्री सवार बस दुर्घटना, कम्तीमा ४२ जनाको मृत्यु, बाँच्न सफल भए चालक


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

रियाद- मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा पनि ४२ भारतीयको मृत्यु भएको छ । उमरा गर्न जाँदै गरेका यात्रु सवार बस डिजेल ट्याङ्करसँग ठोक्किएर आगो लाग्दा केवल चालकले मात्रै ज्यान जोगाउन सफल भएका छन् ।

साउदी अरबमा आइतबार राति भएको सडक दुर्घटनामा ४२ भारतीय नागरिकको मृत्यु भएको हो। उमराका लागि मक्का बाट मदिना जाँदै गरेको बस डिजेल ट्याङ्करसँग ठोक्किएपछि आगलागी भएको थियो।

मृतकमध्ये २० महिला र ११ बच्चा रहेका छन्। जानकारी अनुसार दुर्घटनापछि बस चालक मात्रै ज्यान जोगाउन सफल भएका छन्।

मृतकमध्ये धेरैजसो हैदराबादका रहेको अनुमान गरिएको छ। दुर्घटना भारतीय समयअनुसार राति करिब १ : ३० बजे मदिनाबाट करिब १६० किलोमिटर टाढा मुहरासनजिक भएको हो। त्यो समयमा धेरै यात्रीहरू सुतेका थिए, जसकारण उनीहरूले ज्यान बचाउने अवसर पाउन सकेनन्।

तेलंगाना सरकारले रियादस्थित भारतीय दूतावाससँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ। राज्य सरकारद्वारा जारी विज्ञप्ति अनुसार मुख्यमन्त्री रेवन्त रेड्डीले दिल्लीस्थित अधिकारीहरूलाई दूतावाससँग समन्वय गर्दै पीडितको पहिचान र आवश्यक प्रक्रिया पूरा गर्न सहयोग गर्न भनेका छन्।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १ : १० बजे

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर– बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि

साताको कार्टुन : कामरेडको म्याजिक नम्बर 

काठमाडौं– यस कार्टुनले अहिलेको राजनीतिक बहसलाई व्यंग्यात्मक रूपमा चित्रण गरेको

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

झापा– गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा

डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं– विवादित डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत्

धोनीले आईपीएलका सबै खेल खेल्ने

काठमाडौँ – भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग