जेन-जी ‘विद्रोह’को गम्भीर प्रभाव : वैदेशिक लगानी प्रतिबद्धता दोब्बर-तेब्बरले घट्यो « Khabarhub

जेन-जी ‘विद्रोह’को गम्भीर प्रभाव : वैदेशिक लगानी प्रतिबद्धता दोब्बर-तेब्बरले घट्यो


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली अर्थतन्त्रमा जेन-जी ‘विद्रोह’को गम्भीर र नकारात्मक प्रभाव पर्न थालेको देखिएको छ । जेन-जी ‘विद्रोह’को नकारात्मक प्रभाव नेपालमा आउने वैदेशिक लगानीको क्षेत्रमा पर्न पुगेको देखिएको हो ।

भदौ २३ र २४ गते भएको जेन-जी ‘विद्रोह’ पछिको दुई महिना नेपालको औद्योगिक क्षेत्रमा आउने वैदेशिक लगानी प्रतिबद्धता दोब्बर-तेब्बरले घट्दै गएको देखिएको हो ।

उद्योग विभागले प्रकाशन गरेको तथ्याङ्कले कात्तिक महिनामा नेपालमा वैदेशिक प्रतिबद्धता खुम्चिएर जम्मा १ अर्ब ५४ करोड ३९ लाख रुपैयाँमा सीमित भएको देखाएको छ । यस्तो लगानी प्रतिबद्धता असोज महिनामा २ अर्ब ४ करोड ५७ लाख ३२ हजार रुपैयाँ बराबर रहेको थियो ।

भदौको अन्तिम सातामा नेपालमा जेनजी आन्दोलन भएकाले भदौ महिनामा नेपालमा वैदेशिक लगानी प्रतिबद्धता ८ अर्ब ९८ करोड ७० लाख १९ हजार रुपैयाँ बराबर आएको थियो । जुन लगानी प्रतिबद्धता साउन महिनाको तुलनामा भने तीन गुणाले कम हो ।

चालु आर्थिक वर्षको साउन महिनामा २४ अर्ब १० करोड ४९ लाख ९५ हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो ।

४ महिनामा आयो ३६ अर्ब बढीको लगानी प्रतिबद्धता

चालु आर्थिक वर्षको ४ महिनामा ३६ अर्ब ६८ करोड १६ लाख ८६ हजार रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागका अनुसार समीक्षा अवधिमा ७ वटा ठूला उद्योग, मध्यम स्तरका ६ वटा उद्योग र ३६९ वटा साना उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको छ ।

लगानी प्रतिबद्धता आएको मध्ये सबैभन्दा धेरै सूचना प्रविधि क्षेत्रमा ५४ प्रतिशत र पर्यटन क्षेत्रमा ३१ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  २ : ४३ बजे

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

कैलाली – धनगढी उपमहानगरपालिका–१४, फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी

पूर्णबहादुर र शेखरले गगनसँग खोजेको के हो ?

काठमाडौँ– दुई समूहको विवाद भुसको आगो झैँ सल्किरहेका बेला केही

परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा गएका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा

बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण

जलेश्वर– जिल्लाको भङ्गहा नगरपालिकामा बाढीबाट प्रभावित भएका ७३ परिवारलाई आज